दैलेख । दैलेखको आठवीस नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेबाट प्रमुखमा तर्कबहादुर बडुवाल विजयी भएका छन् भने उपप्रमुखमा कल्पनाकुमारी थापा विजयी भएकी हुन ।
नगरप्रमुख बडुवालले ५ हजार ३२७ मत ल्याएका छन् भन् उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार प्रेमप्रकाश शाहीले भने ५ हजार ६६ मत प्राप्त गरेका छन् । बडुवाल र शाही विच २६१ मतको मतान्तर रहेको छ ।
त्यसैगरि नगरपालिका उपप्रमुखमा कल्पनाकुमारी थापाले ५ हजार १ सय १३ मत प्राप्त गरिन् भने उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निशा थापाले ४ हजार ९ सय ६५ मत ल्याएर उपविजेता भएकी हुन् । नेपाली काँग्रेस थापा र एमाले थापा बिच १४८ मतको मतान्तर रहेको छ ।
नेकपा एमालेबाट आठबीस नगरपालिकाको वडा नम्बर १ मा बमबहादुर रावत, २ मा कलम कामी, ४ मा टेकबहादुर माझी, ६ मा नवराज शर्मा र ८ मा अदल शाही विजयी भएका छन् ।
यस्तै, नेपाली कांग्रेसले ३ वडा जितेको छ । वडा नम्बर ३ मा नगेन्द्रराज कार्की, ५ मा बजर सिंह विक, ७ मा जैसिंह कठायत र ९ मा शेरबहादुर सिजापती विजयी भएका छन् ।