कालिञ्चोक गाउँपालिकामा अध्यक्षमा शिवाकोटी र उपाध्यक्षमा बुढाथोकी निर्वाचित

दाेलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

कालिञ्चोक गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका अर्जुनप्रसाद शिवाकोटी अध्यक्ष र नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका कुलबहादुर बुढाथोकी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित अर्जुनप्रसाद शिवाकोटीले नेकपा एमालेका उम्मेदवार गणेश शिवाकोटीलाई पराजित गर्दै पालिका अध्यक्ष बनेका हुन् भने बुढाथोकी एमालेकी उम्मेदवार कविता थामीलाई पराजित गर्दै पालिका उपाध्यक्ष बनेका हुन् । यो सँगै दोलखामा दुई वटा पालिकामा गठबन्धनले अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

आइजिपीमा वसन्त कुँवर नियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
गठबन्धनले संयुक्त चुनावी सभा गर्न नसक्नुकाे कारण यस्ताे छ