युरोपा लिगको उपाधि फ्रान्कफुर्टलाई

लन्डन । इंग्लिस क्लब रेन्जर्सलाई पेनाल्टीमा हराउदै जर्मन क्लब फ्रान्कफुर्टले युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति फाइनलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५-४ अन्तरले हराउँदै फ्रान्कफुर्ट च्याम्पियन बनेको हो । खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टीमा भएको थियो ।

फ्रान्कफुर्ट सन् १९९७ पछि युरोपा लिग जित्ने पहिलो बुन्डेसलिगा क्लब बन्यो । यसअघि खेलको ५७औं मिनेटमा जोइ अरिबोले गोल गर्दै रेन्जर्सलाई अग्रता दिलाए ।६९औं मिनेटमा राफेल सान्तोसले गोल गर्दै फ्रान्कफुर्टलाई १-१ गोलको बराबरीमा ल्याए ।

तपाइको प्रतिक्रिया
(Visited 345 times, 1 visits today)

epaper

ताजा समाचार

सरिता तिवारीको हत्यापछि गाडिएको अवस्थामा शव