कैलालीका दुई पलिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी


टीकापुर(कैलाली) ।
कैलालीका दुई पालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले विजय हासिल गरेको छ । थारुबाहुल क्षेत्र कैलालीको टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा सो पार्टीले विजय हासिल गरेको हो ।

टीकापुर नगरपालिकाको नगरप्रमुखमा नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार रामलाल डगौरा थारु निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गर्दै डगौरा विजयी भएका हुन् ।

डगौरा ९ हजार ६४२ मत पाउँदै विजयी भएका हुन् भने रावलले ६ हजार ६४२ मत पाए । यस्तै उपप्रमुखमा भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खडकबहादुर शाह विजयी भएका छन् ।

शाहले ७ हजार ९५५ मत पाउँदा नागरिक उन्मुक्तिकी उल्कादेवी विश्वकर्माले ७ हजार ८०२ मत पाइन् । यसै गरी काँग्रेसको पकड क्षेत्र मानिदै आएको कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी भएका छन् । उनी ४ हजार ९ सय ३ मत प्राप्त गरी विजयी भएका हुन् ।

नेपाली कांग्रेसका बन्सराम बडायक थारुले ३ हजार ३ सय ६८ मत प्राप्त गरे । गाउँपालिकाको उपाध्यक्षमा नागरिक उन्मुक्ती पार्टीकै रेखादेवी कठरिया विजयी भएकी छन् ।

उनले ४ हजार ५ सय ८९ मत प्राप्त गरेकी छन् । उनक निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज बिनाडीले ३ हजा ९ सय ६१ मत प्राप्त गरे । २०७२ सालमा टीकापुरमा भएको घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशमलाल चौधरीले श्रीमति रञ्जिता श्रेष्ठको अध्यक्षतामा २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 335 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगन्जमा मेयरका लागि १२ जनाको उम्मेद्वारी दर्ता