बागलुङमा अधिकांस स्थानीय तहमा गठबन्धन सफल

बागलुङ । स्थानीय तह निर्वाचनमा वडा तहसम्म चुनावी एकता गरेका पाँच दलिय गठबन्धन अधिकांस स्थानीय तहमा सफल भएको छ ।
जिल्लाको दश वटा स्थानीय तह र ८५ वटा वडा मध्ये अधिकांस पालिका र वडा गठबन्धनका साझा उम्मेदवारले जितेका हुन् ।

मतगणना सम्पन्न भएका नौ स्थानीय तहमा आठ वटामा गठबन्धन र एक स्थानमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गठबन्धनमा आबद्ध नेपाली काँग्रेसले बागलुङ नगरपालिका ( बसन्त कुमार श्रेष्ठ), काठेखोला गाउँपालिका (राजु थापा) , गलकोट नगरपालिका (भरत शर्मा गैरे) ,तमानखोला गाउँपालिका (जोकलाल बुढा) र निसीखोला गाउँपालिका (सूर्यबहादुर घर्ती) प्रमुख जितेको छ .

नेकपा माओवादी केन्द्रले ताराखोला गाउँपालिका (धनबहादुर विक), राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिका (नरबहादुर थापा), बडिगार्ड गाउँपालिका नेपाली काँग्रेस (गण्डकी थापा) र बरेङ गाउँपालिका (कृष्ण शर्मा) प्रमुखमा जितेको छ । नेकपा एमालेले ढोरपाटन नगरपालिका प्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली विजयी हुनुभएको छ । गठबन्धनको भागवण्डा अनुसार ढोरपाटन नगरपालिका नेकपा माओवादी केन्द्रको भागमा परेको थियो ।

पहिलो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका गुमाएको छ । राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेर जैमिनी नगरपालिका थप गरेको छ ।

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा पहिलो निर्वाचनमा गुमाएको सत्ता नेपाली काँग्रेसले प्राप्त गरेको छ । अधिकांस स्थानीय तहमा पनि गठबन्धन सफल भएको छ । नेपाली काँग्रेसले बागलुङ नगरपालिकामा तीस बर्ष पछि आफ्नो नेतृत्व स्थापित गरेको छ ।

कांग्रेस सबै पालिकको नतिजा आउँदा काँग्रेसले ६ पालिका प्रमुख, ५ पालिका उपप्रमुख, ३७ वडाध्यक्ष, माओवादीले १ पालिका प्रमुख, ३ पालिका उपप्रमुख, १७ वडाध्यक्ष, राजमोर्चाले २ पालिका प्रमुख, २ पालिका उपप्रमुख, एक विद्रोही पनि जोड्दा ११ वडाध्यक्ष र एमालेले १ पालिका प्रमुख, १६ वडाध्यक्ष, नेकपा एसले ३ वडाध्यक्ष र स्वतन्त्रले १ वडाध्यक्ष जितेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 256 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एकीकृत समाजवादीबाट पोखरामा धनराज र हेटाैंडामा मीना मेयरका उम्मेदवार