सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल एकीकृत समाजवादी २ पालिका सिमित


धनगढी । सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहमा भने दुई पालिकामा सीमित भएको छ ।

प्रदेशका ९ जिल्लामा गरी ८८ वटा स्थानीय तह रहेकोमा एकीकृत समाजवादीले दुई पालिका मात्रै जितेको हो । समाजवादीले कैलालीको घोडाघोडी नगरपालिका र बझाङको केदारस्युँ गाउँपालिकामा जितेर दुई पालिकामा सीमित हुन पुगेको हो ।

घोडाघोडी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका हुन् । रावतले १३ हजार १२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाए । २०७४ को चुनावमा मेयर जितेका चौधरी यसपटक पराजित भएका हुन् ।
उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन् । उनले एमालेकी करूणादेवी बटालालाई हराएकी हुन् । चौधरीले १२ हार २७० मत पाएर विजयी हु्ँदा बटलाले ६ हजार ९६३ मत पाइन् ।

त्यसैगरी बझाङको केदारस्युँ गाउँपालिकामा पनि एकीकृत समाजवादी विजयी भएको छ । समाजवादीका गणेश बोहरा अध्यक्षमा विजयी भएका हुन् । उनले ४ हजार ३२१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका लोकेन्द्र भण्डारीले २ हजार ४०८ मत ल्याए ।
यो दुई पालिकामा जितेको एकीकृत समाजवादीले अब गणना हुन बाँकी रहेका यहाँका १२ पालिकामा प्रमुख पदमा उम्मेदवार नरहेकाले दुई पालिकामा मै चित्त बुझाउनु परेको एकीकृत समाजवादीका नेता दीर्घराज जोशीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग