धनुषाको नगराइन नगरपालिकामा कांग्रेसका यादव निर्वाचित

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विनयकुमार यादव विजयी भएका छन् । यादवले ५५ सय ५६ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामबाबु पंजियारले ५५ सय १४ मत पाएका छन् ।

मेयरका अन्य उम्मेदवार मध्ये लोसपाका राजेश चौधरी २७ सय ५८, जसपाका महेश मण्डल ४४३, जनमत पार्टीका घनश्याम मण्डलले ३४७ मत पाए ।

यसैगरी उपमेयरमा नेकपा एमालेका राधा देवी यादवले ५७ सय ३० मत ल्याइ विजयी भएकी छिन् । यादवका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रंजुकुमारी साहले ५५ सय २३ मत ल्याएकी छिन् । उपमेयरका अन्य उम्मेदवार मध्ये लोसपाका उर्मिला देवी मण्डलले १९३३, जसपाका देवशीला चौधरीले ५४०, जनमत पार्टीका फुलकुमारीले ४६६ मत पाएकी थिइन् ।

नगराइनको वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका सीताराम महतो, वडा नम्बर २ मा लोसपाका बुलन यादव, वडा नम्बर ३ मा नेपाली कांग्रेसका पल्टु साह तेली विजयी भएका छन् । त्यस्तै वडा नम्बर ४ मा नेपाली कांग्रेसका राजकुमार ठाकुर, वडा नम्बर ५ को वडाध्यक्षमा एमालेका रामनारायण मुखिया, वडा नम्बर ६ मा एमालेका ललित साहु तेली, वडा नम्बर ७ मा नेपाली कांग्रेसका सूर्यनारायण साह विजयी भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 417 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुई पार्टीकाे टिकट पाएपछि डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्ष धावा सन्दु गुरुङ निर्विराेध