कपिलवस्तु । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत बुद्धभूमि नगरपालिकामा कांग्रेसका केशवकुमार श्रेष्ठ मेयर र मीरा चौधरी उपमेयरमा बिजयी भएका छन् । नेकपा (एमाले)का उम्मेद्वार पिताम्बर खनाललाई पराजित गर्दै श्रेष्ठ पुनः दोस्रो कार्यकालका लागि बुद्धभूमिको मेयरमा निर्वाचित भएका हुन् । थारु पनि दोस्रो कार्यकालका लागि बुद्धभूमिमा आउने भएकी हुन् ।
थारुले एमालेकी मञ्जु थारुलाई पराजित गरिन् । पहिलो निर्वाचनमा पनि मञ्जु मिरासँग पराजित भएकी थिइन् । कांग्रेस बुद्धभूमिले अधिकांश जनप्रतिनिधिलाई पुनः दो-याएर उम्मेद्वार बनाएको थियो ।
यद्यपि बुद्धभूमिमा उम्मेद्वार छनौटमा आपत्ति जनाउँदै विरेन्द्र मिश्रा, नारायण खनाल, अनिल पौडेलजस्ता नेता कांग्रेस (विपि) तिर लागेका थिए । कांग्रेस विपिबाट उम्मेद्वारी दिएका यी नेताका उम्मेद्वार कसैले चुनाव जित्न सकेनन् ।
बुद्धभूमिका १० वडा मध्ये वडा नं. १० मा जसपाले चुनाव जितेको छ भने, वडा नं. ७, वडा नं. ५ म, वडा नं. ४, वडा नं. ३ मा एमालेले चुनाव जितेको छ । वडा नं. १, वडा नं. २, वडा नं. ६, वडा नं. ८, वडा नं. ९ मा कांग्रेसका उम्मेद्वार निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसले अहिले पनि बुद्धभूमि नगरपालिकामा आफ्नो बहुमत बनाएको छ ।






