बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


टीकापुर(कैलाली) । कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । लम्कीचुहा नगरपालिका–६ गुलारास्थित पूर्वपश्चिम राजामार्गमा ना ५ क ४३८२ नम्बरको बसले से ५ क २४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सवार बर्दगोरिया–५ का श्रवण रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रवार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार रानाकी श्रीमती राजमती राना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार घाइते राजमतीको स्थानीय अस्पतालमा सामान्य उपचारपछि कोहलपुर रेफर गरिएको छ ।

प्रहरीले बस चालक महोत्तरीका प्रेमकुमार अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 312 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरको उपप्रमुखमा एमालेकी डंगोलले ल्याईन् समाजवादीको भन्दा तीन गुना बढी मत