कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिहिरुले आज एक कार्यक्रमका विच शपथ ग्रहण गरेका छन् । बाणगंगाको पिस हिमालयन रिसोर्टमा आयोजना गरिएको कार्यक्रममा नगरका ११ वडाका वडाध्यक्ष र सदस्य निर्वाचित जन प्रतिनिधिहरुलाई नगर प्रमुख चक्रपाणी अर्यालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश तेजेन्द्र प्रसाद शर्माबाट नवनिर्वाचित नगर प्रमुख चक्रपाणी अर्यालले शपथ विहान सपथ लिए लगत्तै नगरका अन्य प्रतिनिधिहरुलाई सपथ ग्रहण गराईएको थियो । नवनिर्वाचित जनप्रतिनिधिहरुले शुक्रबार शपथसंगै निर्वाचित भएको प्रमाणपत्र पनि बुझेका छन् ।
साथै उक्त अवसरमा निवर्तमान जनप्रतिनिधिहरुलाई विदाई समेत गरिएको छ । नगरमा सपथ ग्रहण सँगै नव निर्वाचित जन प्रतिनिधिहरुले आ आफ्नो कार्यकक्ष तथा वडाध्यक्षहरुले वडामा पदभार ग्रहण समेत गरेका छन् । वडाध्यक्षहरुले तामझामका साथ वडाहरुमा पदभार ग्रहण गरेका हुन् ।






