‘तिम्रै नाम होस’ भन्दै आए केकी र राजेश पायल

काठमाडौं । हालै वैवाहिक जीवनमा बाधिएकी नायिका केकी अधिकारी गायक राजेश पायल राई संग म्युजिक भिडियोमा रोमाण्टिक मोडमा देखिएकी छिन्। ‘तिम्रै नाम होस’ बोलको यस गीतमा गायिका अस्मिता अधिकारी र गायक राजेश पायल राईको सुमधुर स्वर सुन्न सकिन्छ।

वरिष्ठ संगीतकार वसन्त सापकोटाको संगीतमा समावेश गीतलाई अमेरिकाको ओहायो निवासी गीतकार गोपाल लोहारले लेखेका हुन्। सुदिप बरालले छायाँकन गरेको यस भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्। भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई कविराज गहतराजको निर्देशनमा तयार पारिएको हो।

गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गीतकार लोहारको शब्दमा समावेश ‘किन मायामा’, ‘एकै छिन’, ‘राधा पियारी’ लगायत दर्जनौ म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 410 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटका दुई पालिकाको नगरप्रमुखमा एकिकृत समाजवादी निर्वाचित