लम्कीचुहाको नगरप्रमुख र उपप्रमुखमा महिला उम्मेदवार विजयी


टीकापुर(कैलाली) । कैलालीको लम्कीचुहा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सो नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा विजयी भएका दुबै महिला हुन् ।

नगरप्रमुखमा नेपाली कांग्रेसकी सुशीला शाही र उपमेयरमा एमालेकी जुना चौधरी विजयी भएका हुन् । कांग्रेसकी शाहीले १२ हजार ७१३ मत प्राप्त गरी नगरप्रमुख पद जित्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव बजगाईले १० हजार ४३५ मत मात्रै प्राप्त गरे ।

उपमेयरमा एमालेकी जुना चौधरी ११ हजार ७८ मत प्राप्त गर्दै विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी जानकीकुमारी सिंहले ८ हजार ३०८ मत पाइन् ।

तपाइको प्रतिक्रिया
(Visited 358 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित