बर्दिया । ठाकुरबाबा नगरपालिकाको नगरस्तरीय वार्षिक परीक्षाको प्रश्नपत्र निमार्ण गर्दा गम्भीर लापरवाही भएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी बर्दियाले विज्ञप्ती प्रकाशन गरेको छ । कक्षा ५ को गणित विषयको नगरस्तरीय वार्षिक परीक्षाको प्रश्न पत्रमा भेटिएको त्रुटि प्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै अनेरास्ववियुले सोमबार उक्त विज्ञप्ती ठाकुरबाबा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाएको छ ।
अनेरास्ववियुका जिल्ला संयोजक महेन्द्र पंगेनी, सह संयोजक रेशम अधिकारी र मनुषा टिका सिंह बहुमुखी क्याम्पस भुरिगाउँका स्ववियु सभापती जीवन रिजालद्धारा हस्ताक्षरित विज्ञप्तीमा प्रश्न पत्र निमार्ण गर्दा गरिएको लापरवाहीले आफनो मागको विषयमा बोल्न नसक्ने अवोध बालबालिकाहरुको मानसपटलमा प्रत्यक्ष असर परेको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा अनेरास्ववियुले परीक्षा जस्तो संवेदनशिल विषयमा गैर जिम्मेवारीपन देखिएकाले यस विषयलाई गम्भीरतापूर्वक लिई उक्त कार्यमा संलग्न दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरिएको छ । माग गरेको छ । प्रश्न पत्रमा भएको त्रुटिका कारण मर्कामा परेका विद्यार्थीलाई उचित न्यायको प्रत्याभूती होस् भन्ने माग राख्दै अनेरास्ववियुद्धारा जारी विज्ञप्तीमा अन्यथा नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जस्तो सुकै कदम चाल्न बाध्य हुने उल्लेख गरिएको छ ।
फागुन ३० गते नगरद्धारा संचालित कक्षा ५ को गणित विषयको प्रश्नपत्रमा केही प्रश्न अधुरो रहेको र केही प्रश्न अंग्रेजी भाषामा रुपान्तरण नभएको पाइएको अनेरास्ववियुका जिल्ला संयोजक महेन्द्र पंगेनीले बताए ।






