सुदूरपश्चिममा ५ मात्र महिला वडाध्यक्ष


धनगढी । सुदूरपश्चिम प्रदेशमा ५ जना महिला वडा अध्यक्षमा निर्वाचित भएका छन्। ७ सय ३४ वडा रहेको प्रदेशमा ७ सय २४ वडाको नतिजा आउँदा ५ जना महिला वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

कैलालीमा ४ र बझाङमा १ गरी ५ जना महिला वडा अध्यक्षमा विजयी भएका हुन्। कैलालीको गोदावरी नगरपालिका ७ मा एमालेकी कलावती साउँद, जोशीपुर गाउँपालिका ३ मा नागरिक उन्मुक्ति पार्टीकी रेणुकुमारी डगौरा, गौरीगंगा नगरपालिका ८ मा माओवादी केन्द्रकी करुणा चौधरी र लम्कीचुहा नगरपालिका ५ मा माओवादी केन्द्रकी माया विष्ट निर्वाचित भएका हुन् ।

यस्तै बझाङको खप्तडछान्ना गाउँपालिका २ मा कांग्रेसकी गौरीकुमारी अधिकारी पनि विजयी भएकी छिन् । काँग्रेस, एमाले, माओवादी केन्द्र लगायतका ठुला दलले महिलालाई उम्मेदवार नै नबनाउँदा न्यून संख्यामा वडा अध्यक्षमा महिला निर्वाचित भएका हुन् । प्रदेशका १० वडाको मतगणना बाँकी छ ।

बाजुरामा रहेको बुढीगंगा नगरपालिकामा ३० गतेको मतदानमा धाधली भएको भन्दै निर्वाचन आयोगले पुनःमतदान गर्ने निर्णय गरेको छ । यस्तै प्रदेशका दुई पालिकाको प्रमुखमा मात्रै महिला प्रमुख निर्वाचित भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिकामा सुशिला शाही र अछामको पञ्चदेवल विनायक नगरपालिकामा अम्विका चलाउने प्रमुखमा निर्वाचित भएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 417 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सत्ता गठबन्धनमा बागी उम्मेदवारको लर्को