काभ्रेपलान्चोक । जिल्लाको पनौतीमा टिपरको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा खानीखोला गाउँपालिका वडा नं १ की जुनी मायाँ गोले र उनकी छोरी स्मारीका गोलेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिदाँ आमा छोरी गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागी शीर मेमोरियल बनेपामा लगीएको भए पनि उपचारको क्रममा उनिहरुको मृत्यु भएको तिमिल्सिनाले जानकारी दिए ।
टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ट्रिपरले मारेको भन्दै पनौति बसपार्कमा मृतकका आफन्तले सडक अवरोध गरेका छन्। अवरोधलाई हटाउन प्रहरीले बल प्रयोग गरेपछि आफन्त तथा स्थानीय थप आक्रोसित बनेका छन् । भिड नियन्त्रणका लागी प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रहरी बीटमा समेत स्थानीयले ढुंगामुढा गरेपछि पनौती तनावग्रस्त बनेको छ।