कोरोनापछि एकल प्रस्तुत हुँदै काली

काठमाडौं । गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटा आफ्ना चर्चित गीत संगीत लिएर दर्शक माझ एकल प्रस्तुत हुने भएको छ । स्थानीय तहको निर्वाचनका कारण रोकिएका एकल कन्सर्ट ‘कालीप्रसाद बासकोटा लाइभ’ अब २१ जेठमामा दरबारमार्गको क्लब प्लाटिनममा हुने भएको छ ।

आयोजक संस्था पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीइ) नेटवर्कले आईतबार यो कन्सर्ट’bout जानकारी गराएको छ । पीभीइ नेटवर्कका अनुसार विशेष डिजाइनमा तयार पारिएको लाइट, साउण्ड, एलइडी स्क्रिनमा काली सुनिनेछन् । कार्यक्रममा अन्य कलाकारहरुको आकर्षक नृत्य प्रस्तुति पनि हुनेछ ।

कोभिड महामारीपछि काठमाडौंमा आफ्नो यो पहिलो एकल कन्सर्ट हुन लागेको गायक काली प्रसादले बताएका छन् । कन्सर्टमा आफुले ‘जालमा’, ‘निर’, ‘साली मन पर्यो’लगायत लोकप्रिय गाउने पनि उनले जानकारी गराएका छन् । उनी रियालिटी शो ‘सा रे ग म प’को निर्णायकसमेत हुन् । यसबाहेक उनले ‘नेपाल आइडल’को सिजन १, २ र ३ मा पनि निर्णायकको भूमिका निभाइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ