तीन दशकपछि भारतीय सीमासँग जोडिने सडक निर्माण हुँदै

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका भारतीय सिमासंग जोडिएको गाउँपालिका हो । भारतीय सीमासँग जोडिएको हुँदा कृषि, उद्योग, पर्यटन, व्यवसायमा अत्याधिक लाभ लिन सकिने भए पनि भौतिक पुर्वाधारको कमिको कारण पछाडी परेको यशोधरा गाउँपालिका अध्यक्ष शिव दयाल तिवारीले बताए । गाउँपालिकामा बन्दै गरेको ८.५ किलोमिटर कालोपत्रे सडक सिलन्यास कार्यक्रममा बोल्दै अध्यक्ष तिवारीले पालिकाले ठोस योजना बनाउन नसक्दा विकासको सवालमा कमजोर भएको बताए ।

नवनिर्वाचित पालिका अध्यक्ष तिवारीले गाउँपालिकामा स्वास्थ्य, शिक्षा, कृषि, सिंचाईको अवस्था परीवर्तनका लागि प्रदेश र संघीय सरकारका ठुला योजना समेटिनु पर्ने बताए । गाउँपालिकामा उच्च शिक्षा अध्ययन गर्न क्याम्पस नभएको हुँदा स्थापनाको लागि पालिकाले योजना बनाउने बताए । उनले गाउँपालिकामा विपन्न समुदायको घरधुरी धेरै भएको हुँदा खरको छानो मुक्त बनाउनको लागि प्रयासरत रहने समेत बताए ।

गाउँपालिका स्वच्छ खानेपानी र एक घर एक धारा अभियान सञ्चालन गर्न प्रदेश सरकार सँग समन्वय गर्न भूमिका खेल्ने बताए ।उनले गाउँपालिकाको दिगो विकासको लागि पञ्च वर्षिय कार्ययोजना बनाएर कार्य गर्ने बाताएका छन।

तपाइको प्रतिक्रिया
(Visited 344 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रमुख/अध्यक्षमा कांग्रेसभन्दा एमालेको बढी उम्मेदवार