वातावरण दिवसकै दिन मनाइयो सिठी नखा पर्व

विश्व वातावरण दिवस मनाइँदा आइतबार संयोगले वातावरण संरक्षणमा नै योगदान दिने पर्व सिथि नखः पनि मनाइएको छ । ‘पृथ्वीको संरक्षण : दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने राष्ट्रिय नारासहित वातावरण दिवस मनाइँदा सिथि नखःमा वातावरणको एक तत्व पानीका मुहानको सफासुग्घर गरिएको छ । हरेक वर्षको जुन ५ तारिखमा वातावरण दिवस मनाइन्छ भने सिथी नखः हरेक जेष्ठ शुक्लपक्षको षष्ठीका तिथिका दिन मनाउने परम्परा छ ।

नेवार समुदायले आइतबार पानीका मुहान सफा गरेर सिठी नखा पर्व मनाए । नेवार समुदायले नागको पूजा गरी इनार, कुवा, ढुंगेधारा, कुलो, पोखरीलगायतका पानीका विभिन्न प्राकृतिक स्रोत सरसफाइ गरेका छन् । सुख्खा मौसमका कारण पानीका प्रमुख स्रोत सुक्दै गएका बेला पानीका स्रोत सरसफाइ गर्दा पानीको आपूर्तिमा सहजता आउने विश्वास धेरै संस्कृतविद्को छ । ‘पानीको मुहानको सरसफाइ गर्दा पानीभित्र रहेका दूषित कीटाणुको नाश हुने गर्छ, पानीको सतह घटेको बेला सरसफाइ गर्न सजिलो हुन्छ, संस्कृतिका विषयमा चासो राख्ने राजाराम श्रेष्ठले भने, ‘यो चाड धार्मिक महत्वको मात्र नभई वातावरणीय महत्वको चाड पनि हो ।

पहिले पहिले धार्मिक रूपमा मात्र मनाइने सिठ नखा अचेल वातावरणीय दृष्टिकोणले पनि मनाउने गरिन्छ । टोलवासी मिलेर गर्ने सरसफाइको काम अचेल वातावरण र खानेपानीका क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाले गर्ने गरेका छन् । ‘सफा गरेका पानीका मुहानमा छिटो पानी भरियोस् भने हेतुले सरसफाइ गरिन्छ, संस्कृतिलाई माया गर्ने समाजसेवी जगमोहन कायस्थले भने, ‘सरसफाइपछि त्यहाँ नागको प्रतीक बनाएर राखी भोलिपल्ट बिहान नागको पूजा सकेपछि मात्र पानी निकाल्ने चलन रहेको छ । नेवार भाषामा सिठी भनेको षष्ठी र नख भनेको पर्व हो । यस दिनमा भगवान शिवका पुत्र कुमार कार्तिकेयको जन्म भएको दिनको रूपमा पनि लिइन्छ । शिवजीका जेठा छोराका रूपमा षटकृित्तकाका गर्भबाट जन्मिएका कुमार कार्तिकेयको जन्मदिनलाइ ‘कुमार षष्ठी’ भनिन्छ ।

सिठी नख शुभ दिन भएकाले यस दिन थालेको काम सफल हुन्छ भन्ने विश्वास गरिन्छ । यसले मानिसलाई ’roundको वातावरण सफा राख्नुपर्ने कुराको सम्झना गराउँछ । धर्मग्रन्थअनुसार पद, धन सम्पत्ति र सम्मान गुमाएका मानिस सिठी नखका दिन राति जाग्राम बसी विधिविधानका साथ कार्तिकेयको पूजा गरे फल मिल्ने विश्वास छ ।

यस दिन उनीहरूले वर्षभरिको कुल देवताको पूजाको अन्त्य गर्छन् । सिठी नखाका दिन नयाँ बीउ सुकाउने, विजारोपण गर्ने गरिन्छ । वर्षातको संकेत असार आरम्भको समय भएकाले प्रमुख बाली धान रोपाई असारे गीत घन्काउने पनि चलन छ । कृषिउपज बाली संरक्षण, खेतीपातीमा श्रम, पसिनाको लगानी गर्दै दिल बहलाउने खालका मीठामीठा गीत गाएर आनन्द लिने चलन पनि छ ।

मुगी, मास, केराउ, कुंकुम, चामलको पीठो, गहुँको पिठोको परिकार बनाएर सिठी देवताको पूजा गर्ने चलनसमेत रहेको छ । कुमारको सम्मानमा विभिन्न पिठोको चटामरी र बारा बनाइ खाने चलन छ, उनले भने, पृथ्वीको पूजा अर्चना गर्ने यस दिनमा घरको मूलद्वारमा राखिएको छत्रपाललाई पुज्ने गरिन्छ । मंगलकारी सिद्धि गणेशको मन्दिर धेरैतिर भए पनि कुमारका मन्दिर भने कम छन् । कुमार षष्टीका भोलिपल्ट काभ्रे र काठमाडौंका यी मन्दिरबाट कुमार कार्तिकेयको जात्रा निकाल्ने चलन छ ।

यस्तै, पर्यावरणप्रति विश्वस्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि हरेक वर्षको जुन ५ मा यो वातावरण दिवस मनाउन सुरु गरिएको हो । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले विश्वव्यापी संकटको स्वरूप ग्रहण गरिरहेको बताएकी छन् । विश्व वातावरण दिवसको अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले पृथ्वीको संरक्षण गर्दै सबैखाले प्राकृतिक स्रोतको दिगो विकासका लागि जीवनशैलीमा परिवर्तन ल्याई स्वच्छ र हरित मानवीय पद्धतिको विकास गर्ने कुरा आजको मुख्य चुनौती रहेको उल्लेख गरिन् ।

तपाइको प्रतिक्रिया
(Visited 754 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवा बाढी : मृतकको संख्या ५५३ पुग्यो, १४ सय ७३ जनाको उद्धार, २ हजार बढी अझै बेपत्ता