उपत्यकामा १२० र बाहिर ११५ आईसीयू बेड स्थापना गरिने

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस (कोभिड१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक ।

काठमाडौ । सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी काठमाडौं उपत्यका र विभिन्न प्रदेशमा गरी २ सय ३५ वडा आईसीयू बेड स्थापना गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा १ सय २० र विभिन्न प्रदेशमा १ सय १५ वटा आईसीयू बेड तयार पार्ने निर्णय गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मात्रै कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न आवश्यकताअनुसार अस्पताल बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले उपत्यकामा आईसीयू बेड बनाउने अस्पताल तोकेको छ ।

प्रदेशमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आवश्यकताका आधारमा १ सय १५ वटा आईसीयू बेड निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।  सरकारको सो निर्णयअनुसार उपत्यकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०÷२० वटा आईसीयू बेड बनाइने निर्णय गरिएको हो ।

बैठकले उपत्यकामा १ हजारसम्म आइसोलेसन बेड बनाउने निर्णय गरेको सचिव बिडारीले जानकारी दिए । यस्तै, सातै प्रदेश सरकारलाई आवश्यकताका आधारमा आइसोलेसन बेड व्यवस्था गर्न बैठकले निर्देशन दिएको छ ।

केन्द्रमा कीर्तिपुर आयुर्वेदिक अस्पतालमा २ सय, खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा २ सय २०, टेकु अस्पतालमा १ सय, पाटन अस्पतालमा ७० र नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्पतालमा १००÷१०० आइसोलेसन बेड बनाइनेछ । यस्तै, भक्तपुरको तेलकोटस्थित खानेपानी कार्यालयमा ६० र इचंगुनाराणस्थित सुकुमबासी आवासमा २ सय ८० वटा आइसोलेसन बेड बनाइने निर्णय गरिएको जनाइएको छ ।

बैठकले कोरोनाको चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीलाई ७५ प्रतिशतसम्म जोखिम भत्ता दिने निर्णय गरेको छ । बैठकले २० हजार थान सेफ्टी किट (पर्सनल प्रोटेक्सन इक्विपमेन्ट), १० हजार डाइग्नोस्टिक कीट र एक हजार थान थर्मल गन खरिद गर्ने निर्णय गरेको सचिव बिडारीले जानकारी दिए ।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै आन्तरिक उडान भर्ने विमानस्थलमा प्रस्थान गर्ने यात्रुहरूको पनि स्क्यान गर्ने निर्णय भएको छ । भारतसँगको सीमा नाकामा कडाइ गर्दै यसलाई सीमित संख्यामा झार्न परराष्ट्र मन्त्रालयले भारतसँग समन्वय गर्ने निर्णय गरिएको छ ।

समन्वय समितिको बैठकले कोरोनालाई कडा रोगको सूचीमा राख्ने निर्णय गरेको छ । सो रोगको नियन्त्रणमा खटिएका कुनै राष्ट्रसेवक कर्मचारीको कोरोनाका कारण मृत्यु भएमा मृतकका परिवारलाई १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नेम्वाङको गृह नगरमा काँग्रेसका उम्मेदवार निर्वाचित