जसपा विभाजनको संघारमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सरकारमा पार्टीबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेसँगै सत्तारूढ अन्य दलमा समेत मन्त्री हेरफेरको दबाब बढेको छ ।

एकीकृत समाजवादीको मन्त्री हेरफेर निर्णयसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपाल (जसपा)मा समेत मन्त्री हेरफेर हुनुपर्ने विषयले प्रवेश पाएको छ । एकीकृत समाजवादीको निर्णयले माओवादी केन्द्र र जसपामा तरंग पैदा भएको छ । जसपा मन्त्री हेरफेरका साथै अन्य कारणले विभाजन हुने खतरासमेत देखिएको छ ।

२२ जेठमा एकीकृत समाजवादीले मन्त्री हेरफेरको निर्णय गरेको थियो । सरकारमा रहेका पार्टीका नेतालाई फिर्ता बोलाएर नयाँलाई मन्त्रीको शपथ गराउन एकीकृत समाजवादीले नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो । तर, सत्तारूढ पाँच दलीय गठबन्धनको बैठकले संसद्बाट बजेट पारित भएपछि मात्रै मन्त्रिपरिषद् हेरफेर गर्ने आन्तरिक सहमति ग¥यो ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री फेर्न पार्टीभित्र आवाज उठिरहेको बताए । पुनले भने, ‘समाजवादीका साथीहरूले पूरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ । कांग्रेसमा पनि दबाब छ । जसपामा पनि दबाब छ । हाम्रो अझै छलफल सुरु भएको छैन । अहिले फेर्नुपर्छ कि भन्ने खालका आवाज उठिरहेका छन् ।’

एकीकृत समाजवादीले प्रधानमन्त्री देउवालाई गत आइतबार नै मन्त्री हुनेको नामावली बुझाइसकेको छ । जसअनुसार जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय भएको हो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय भएको छ ।

एकीकृत समाजवादीले पर्यटनमन्त्री प्रेमबहादुर आले, स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठ किसानलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

जसपामा समेत मन्त्री हेरफेर विषयले विवाद भइरहेको छ । मन्त्री हेरफेरका साथै अन्य विषयले जसपा विभाजननजिक पुगेको छ । मन्त्री हेरफेर, स्थानीय तह निर्वाचनको समीक्षालगायतका विषयले जसपाभित्र विवाद सुरु भएको हो ।

जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईनिकटका नेताहरूले पार्टीमा निर्वाचनको समीक्षा हुनुपर्ने माग गरिरहेका छन् । तर, अध्यक्ष उपेन्द्र यादवले पार्टीको बैठक नै नबोलाएको भट्टराई पक्षका नेताले आरोप लगाउँदै असन्तुष्टि व्यक्त गरेका छन् ।

यादवले टिकट बाँड्दा संस्थागत निर्णय नगरेको, सत्ता गठबन्धनसँगको निर्णयमा पार्टीमा परामर्श नगरेको, पार्टी विधानअनुसार अर्को अध्यक्षमा वरिष्ठ नेता अशोक राईलाई चयन गर्न अनिच्छा देखाएको आरोप यादवमाथि छ ।

जसपा केन्द्रीय सदस्य रोशन पोखरेलले पार्टीको बैठक बोलाएर छलफल हुनुपर्ने माग उठे पनि अध्यक्ष यादवले बेवास्ता गरेको बताए ।

जसपा नेता प्रदीप यादवले अघिल्लोपटक मन्त्रिपरिषद् विस्तार हुँदा पार्टी संसदीय दलको बैठक र केन्द्रीय कार्यकारिणी समितिको बैठकमै ६ महिनापछि नयाँ व्यक्तिलाई अवसर दिने अध्यक्षको प्रस्तावमा सहमति भएको बताए । त्यसैले अहिले अधिकांश सांसद त्यही प्रस्ताव कार्यान्वयन हुनुपर्ने र नयाँले अवसर पाउनुपर्छ भन्ने पक्षमा उभिएको उनले बताए ।

जसपा स्रोतका अनुसार पार्टीभित्र दुई महिनाअघि नै मन्त्री हेरफेर गर्नुपर्ने विषय उठेको हो । मन्त्री हेरफेर गर्नुपर्ने प्रस्तावले जसपा नेतृत्वलाई तनाव छ । पछिल्लो समय एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेसँगै जसपाभित्रसमेत जोडतोडले उठेको छ । सोही कारण अध्यक्ष यादवले प्रधानमन्त्री देउवालाई यसबीचमा भेटेरै मन्त्री हेरफेर अहिले नगर्न दबाब दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 421 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीका मतदान अधिकृत भट्ट घाइते