साग पदक विजेतालाई तारकेश्वरको सम्मान

काठमाडौं । तारकेश्वर नगरपालिकाले हालै नेपालमा सम्पन्न १३औ दक्षिण एशियाली खेलकूद (साग) मा पदक जित्ने आफ्नो नगरपालिकाका खेलाडीलाई सम्मान गरेको छ । नगरपालिकाको छैटौँ नगरसभामा बिहीबार पदक जित्ने छ खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

नगरपालिकाले सागमा स्वर्ण जित्ने करातेकी अनु अधिकारी र सुनिता महर्जन तथा साइक्लिङकी निष्मा श्रेष्ठलाई जनही रु २५ हजारसहित सम्मान गरेको हो । यस्तै सागमा रजत पदक जित्ने फेन्सिङकी कमला श्रेष्ठ तथा उसुकी मीना ग्ल्यान र विश्व बुढामगरलाई रु २० हजारसहित सम्मान गरिएको थियो । 
तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु