‘शासक होइन सेवक बन्छौं’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट पालिकामा विजयी जनप्रतिनिधिहरूले ‘शासक नभई सेवक बन्ने’ घोषणासहितको संकल्प प्रस्ताव पारित गरेका छन् ।

काठमाडौंमा शुक्रबार सम्पन्न दुईदिने प्रशिक्षणपश्चात् एमालेबाट पालिकामा विजयी प्रमुख, उपप्रमुखहरूले यस्तो घोषणा गरेका हुन् । संकल्प प्रस्तावमा एमालेका जनप्रतिनिधिले पालना गर्ने आचरणदेखि कामका प्राथमिकता पनि उल्लेख छन् ।

‘हामी शासक होइन, जनताका सेवक हुनेछौं । हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमुना बन्नेछन्’ जारी संकल्प प्रस्तावमा भनिएको छ, ‘हामीहरू सदाचारमा नमुना बन्नेछौं । आफूले कुनै भ्रष्टाचार गर्नेछैनौं र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछौं ।’

  • एमालेबाट निर्वाचित जनप्रतिनिधिको प्रतिबद्धता
    – प्रतिबद्धता व्यवहारमा देखिएला ?

भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहनमा संलग्नलाई कानुनी कारबाहीको दायरामा पु¥याउन अग्रणी भूमिका खेल्ने प्रतिबद्धता एमालेका जनप्रतिनिधिले गरेका छन् । यस्तै, समाजमा व्याप्त कुरीति, कुसंस्कार, रुढी र सामाजिक विकृतिविरुद्धको अभियानमा अग्रपंक्तिमा उभिएर सामाजिक–सांस्कृतिक रूपान्तरणको अगुवाइ गर्ने संकल्प गरेका छन् । समाजको विकास, असल मूल्य, मान्यता र संस्कार स्थापित गर्न भूमिका खेल्ने प्रतिबद्धता उनीहरूले जनाएका छन् ।

संकल्प प्रस्तावमा अगाडि भनिएको छ, ‘हामी, स्थानीय तह निर्वाचन २०७९ मा नेकपा (एमाले)का तर्फबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका सिद्धान्त, नीति र कार्यदिशाबाट दिशा निर्देशित हुँदै, निर्वाचनमा जारी घोषणापत्र र प्रतिबद्धतालाई आधार मानेर, निर्वाचनमा अभिव्यक्त जनअभिमत, हामीसँग मतदाताहरूले गर्नुभएका आशा, अपेक्षा र भरोसालाई केन्द्रबिन्दुमा राखेर संकल्प गर्दछौं ।’

पारदर्शिता, जनताप्रतिको जवाफदेहिता, विधिको शासन र सुशासनमा विश्वास गर्ने उल्लेख गर्दै एमाले जनप्रतिनिधिले आम सरोकारका सबै सूचनालाई पारदर्शी र सबैको पहुँचमा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सेवाग्राहीलाई सहज, छरितो र सुलभ सेवा पु-याउनुलाई मुख्य कर्तव्य ठानेका उनीहरूले यसका लागि सेवाप्रवाहलाई प्रविधिमैत्री, बिनाझन्झटिलो र पारदर्शी बनाउन लागिरहने जनाएका छन् । कुनै गुनासो आएमा सकारात्मक रूपमा लिएर तत्काल सम्बोधन गर्ने प्रतिबद्धता उनीहरूको छ ।

बेरुजु समयमै फस्र्योट गर्ने र जनताबाट प्राप्त हुने सबै प्रकारका राजस्वको पूर्ण एवं प्रभावकारी सदुपयोग गरिने एमालेले जनाएको छ । पूर्वाधार निर्माणका काम गर्दा वातावरणको संरक्षण र सन्तुलनलाई गम्भीर रूपमा ध्यान दिइनेछ ।

प्राकृतिक स्रोतको संरक्षण, ऐतिहासिक, सांस्कृतिक र पुराताŒिवक धरोहर, मौलिक कला, संस्कृति र असल परम्परा एवं जनताको सामूहिक सम्पदाका रूपमा रहेका क्षेत्रहरूको संरक्षण र संवद्र्धनमा संवेदनशील बन्ने संकल्प प्रस्तावमा उल्लेख गरिएको छ ।

पालिकाभित्र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने, आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गराउने, खानेपानी, सरसफाइ तथा वातावरण संरक्षण सुनिश्चित गर्ने र नागरिकका मौलिक अधिकार कार्यान्वयनमा अग्रणी भूमिका निर्वाह गरिने प्रतिबद्धतासमेत जनाइएको छ ।

पालिकालाई लंैगिक हिंसामुक्त बनाउन, जातीय विभेद र छुवाछूत अन्त्य गर्न, बालश्रम निर्मूलन गर्न तथा सामाजिक सद्भाव, सांस्कृतिक सहचार्य एवं राष्ट्रिय एकताको जगलाई स्थानीय तहबाटै बलियो बनाउन भूमिका खेल्ने प्रतिबद्धता गरिएको छ ।

विकासको ढाँचालाई जनमुखी, सहभागितामूलक र दिगो बनाउने, योजना छनोट, कार्यान्वयन र अनुगमनमा स्थानीय समुदायको भूमिकालाई प्रवद्र्धन गरिने एमाले जनाएको छ । स्थानीय उत्पादनको संवद्र्धधन र प्रवद्र्धन गर्नुका साथै समाजमा परिश्रमी, आत्मनिर्भर र राष्ट्रिय पुँजी निर्माणको प्रवृत्तिलाई प्रोत्साहन गरिने गरी अगाडि बढने उल्लेख गरिएको छ । यस्तै बचत गर्ने संस्कृतिलाई अभिप्रेरित गरिनेसमेत उल्लेख गरिएको छ ।

प्राकृतिक विपत्ति, महामारी र जनताको पीडामा अग्रपंक्तितमा उभिएर निःस्वार्थ सेवाभावले काम गर्ने प्रतिबद्धता उनीहरूले जनाएका छन् । धूमपान, सुर्तीजन्य पदार्थको प्रयोग, सार्वजनिक स्थानमा मदिरापान, विलासी भोजभतेरजस्ता कुरालाई निरुत्साहित गरिने योजनासमेत जनप्रतिनिधिले व्यक्त गरेका छन् ।

मुलुकको प्रचलित कानुनी व्यवस्थाबमोजिम जिम्मेवारी वहन गर्दा र जिम्मेवारीबाट बिदा हुँदा सम्पत्ति विवरण सार्वजनिक गर्ने र यस’bout उठ्ने कुनै पनि प्रश्नको जिम्मेवारीपूर्वक सामना गर्ने प्रतिबद्धता उनीहरूले जनाएका छन् । सरकारी सवारीसाधन, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढंगले र सार्वजनिक हितमा प्रयोग गर्ने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

epaper

ताजा समाचार

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट