अन्जु पन्त र एस कुमार सर्वोत्कृष्ट


काठमाडौं । काठमाडौंमा सम्पन्न तेस्रो संस्करणको नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२२ मा आधुनिक विधातर्फ एस कुमारले ‘तिम्रो मन बदलिएछ’ गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड जितेका छन् । अन्जु पन्त वर्षकै पपुलर आधुनिक गायिका बनिन् । उत्कृष्ट गायिकाको अवार्ड भने आमाको काख गीतबाट कमला रिसालले हासिल गरिन् ।

शुक्रबार बेलुका लतिलपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न यो प्रतियोगितामा गीत संगीततर्फ ४१ विधामा र फेसनतर्फ आठ विधामा अवार्ड प्रदान गरियो ।

वर्षको सर्वाधिक लोकप्रिय गीतको अवार्ड ‘टाढा भए पनि’बाट अस्मिता अधिकारीले, लोकप्रिय पुरुष मोडलको अवार्ड ‘तातो गोली २’ बाट निश्चल बस्नेतले, लोकप्रिय महिला मोडलको अवार्ड टाढा भए पनिबाट मल्लिका महतले तथा सर्वोत्कृष्ट युगल मोडलको अवार्ड ‘खुसी साटौं’बाट सविन श्रेष्ठ र अनु शाहले हासिल गरे ।

आधुनिकतर्फ नै ‘धनवीर’ गीतबाट बी पाण्डेले उत्कृष्ट गीतकार, ‘यस्तो मायाँ’ गीतबाट निशा अर्यालले महिला गीतकार, ‘बलेको आगो’बाट सुनिल राईले सर्वोत्कृष्ट संगीतकारको अवार्ड जिते । डायस्पोरातर्फ सर्वोत्कृष्ट गायक राजकुमार सिंह र गीतकार प्रकाश योञ्जन भए । यस्तै, आधुनिक गीत म्युजिक निर्देशकको अवार्ड केशव राजभट्टले, कोरियोग्राफरको अवार्ड, सन्दीप भुजेलले, पुरुष मोडलको अवार्ड रमेश थापाले, महिला मोडलको अवार्ड प्रतीक्षा काफ्लेले, डायस्पोरातर्फ भिडियो निर्देशकको अवार्ड प्रभु गुरुङले हासिल गरे । गजल गायनको अवार्ड सानुबाबु महर्जनले र गजलमा जुरी अवार्ड सुवर्णकुमार श्रेष्ठले प्राप्त गरे ।

यस्तै, लोकगीत विधातर्फ सर्वोत्कृष्ट गायनमा ‘असारै मास’ गीतबाट अलिफ खानले, म्युजिक भिडियोतर्फ पुरुष मोडलको अवार्ड सागर लम्साल (बले)ले, महिला मोडलको अवार्ड सृष्टि खड्काले, भिडियो निर्देशनको अवार्ड उमेश गुरुङले र म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड जोगेन्द्र केसीले प्राप्त गरे ।

लोकदोहोरीतर्फ सर्वोत्कृष्ट लोकदोहोरी गायकको अवार्ड कृष्ण कँडेलले, गायिकाको अवार्ड चन्दा अर्यालले, संगीतकारको अवार्ड सुरेश अधिकारी, म्युजिक भिडियोतर्फ पुरुष मोडलको अवार्ड कृष्ण सापकोटाले, पुरुष मोडलकै जुरी अवार्ड जितबहादुर रावतले, महिला मोडलको अवार्ड साया भण्डारीले र भिडियो सम्पादकको अवार्ड राजकुमार मगरले प्राप्त गरे ।

यस्तै, लोकदोहोरी गीत भिडियो निर्देशकको अवार्ड निरेन श्रेष्ठ, भिडियो निर्देशन जुरी अवार्ड दीपेन्द्र तिमल्सिनाले र लोकदोहोरी भिडियो नृत्य निर्देशकको अवार्ड ‘चिया पकाउ’बाट सुवास बुढाथोकीले पपतर्फ सर्वोत्कृष्ट गीतकारको अवार्ड विश्व गौडेलले, गायकको अवार्ड अंकित श्रेष्ठले, गायनमै जुरी अवार्ड चीरञ्जीवी भण्डारीले र पब्लिक च्वाइस अवार्ड नवीन पौडलले, गायिकाको अवार्ड बेनिशा पौडलले, संगीतकारको अवार्ड सरोज प्याकुरेलले र महिला गीतकारको अवार्ड प्रतिमा गुरुङले प्राप्त गरे । पपगीत भिडियोमा पुरुष मोडलको अवार्ड प्रकाश श्रेष्ठले, पुरुष मोडलमै जुरी अवार्ड रन्जित सिन्जाली मगरले, महिला मोडलको अवार्ड मेलिन गुरुङले, आधुनिक पपगीत महिला मोडलको अवार्ड साक्षी लम्सालले, भिडियो निर्देशकको अवार्ड ‘पागल बन्दैछु’बाट लक्षु गौतमले, कोरियोग्राफरको अवार्ड कृष्ण रसालले र नवमोडलको अवार्ड विकास विश्वकर्माले हासिल गरे ।

यस्तै, भाषाभाषीतर्फ तामाङ गीतको अवार्ड राजशुक्र लिम्बूले, थारू भाषामा गीतकार, संगीतकार र गायकको तीनवटै अवार्ड राजेन्द्र शर्माले, नेपाल भाषातर्फ गीतकारको अवार्ड उत्तम मानन्धरले, सर्वोत्कृष्ट संगीतकारको अवार्ड जुगल डंगोलले र गायनतर्फको अवार्ड सानुबाबु महर्जनले प्राप्त गरे । राष्ट्रिय गीतको अवार्ड गायक पूर्णबहादुर राईले र मौलिक गीतको अवार्ड गदरसा (थारू लोक) गीतबाट निकिता विकले प्राप्त गरिन् ।

कार्यक्रमको जुरीमा अग्रज गायक सीताराम पोखरेल, संगीतकार दीपक शर्मा, राजेन्द्र बजगाईं, गायक कृष्ण भट्टराई, गीतकार डब्बु क्षत्री र ध्वनि सम्पादक मनोज परियार थिए ।

कार्यक्रममा पूर्व उपराष्ट्रपति परमानन्द झाले गीतसंगीत तथा फेसन क्षेत्रका स्रष्टालाई अवार्ड प्रदान गर्दै यो अवार्डले उनीहरूलाई आफ्नो क्षेत्रमा सक्रिय हुन अझ हौसला मिल्ने बताए ।

स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियसनद्वारा आयोजित समारोहमा पत्रकार द्वय कुवेर गिरी, कमला जोशी, गीतकार कमल सरगम चौलागाईं, सुरेन्द्र महर्जन (अमर), गायक नाम्जा भोटे, नारायण थापा, दिलिप केसी, गायिका सुनिता गुरुङ, संगीतकार योगेन्द्र उपाध्याय निरौला, मोडल ज्ञानेन्द्रबहादुर खड्का, अभिनेता सागर घिमिङ र कोरियो ग्राफर अजय स्याङ्तान सम्मानित भए ।

समारोहमा फेसनतर्फ पेजेन्ट कोरियोग्राफरको अवार्ड अश्विनीकान्त झाले, मेकअप आर्टिस्ट मेलतर्फको अवार्ड टेकराज पाण्डेले, फिमेलतर्फको अवार्ड जमुना पुनले, बेस्ट फेसन मोडलको अवार्ड रणधीर शाहले, पिजेन्ट डिरेक्टर (मेल) अवार्ड निशुकान्त झाले, पिजेन्ट डिरेक्टर (फिमेल) अवार्ड प्रतिमा कार्कीले र इभेन्ट म्यानेजमेन्ट कम्पनी अफ द इयर अवार्ड रिबन इन्टरटेनेमन्टले प्राप्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 573 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा