प्रदेश सरकारले घटायो स्थानीय तहलाई दिने अनुदान रकम

Rajdhani Rastriya Dainik | Online Nepali News Portal


टीकापुर । सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान घटाएको छ । सरकारले प्रदेशका ८८ वटा स्थानीय तहका लागि एक अर्ब ३६ करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षका लागि दिइएको अनुदान रकम घटाएर अनुदान दिएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आगामी आर्थिक वर्ष २०७९/८० मा स्थानीय तहहरूका लागि ३६ लाख पाँच हजार रकम घटाएर विनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा स्थानीय तहहरूका लागि एक अर्ब ७२ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले स्थानीय तहहरूलाई विनियोजन गरेको अनुदानमा सबैभन्दा बढी कैलालीका स्थानीय तहहरूले पाएका छन् । प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीलाई तीन करोड २३ लाख ४५ हजार रकम विनियोजन गरेको छ । कैलालीका छ नगरपालिकालाई १४ करोड १६ लाख ४५ हजार र छ गाउँपालिकालाई आठ करोड ७४ लाख ६९ हजार गरि २२ करोड ९१ लाख २४ हजार रकम विनियोजन गरेको छ ।

कञ्चनपुरका सात स्थानीय तहका लागि आगामी आर्थिक वर्ष २०७९/८० का लागि १४ करोड ४७ लाख ७४ हजार र दुई गाउँपालिकाका लागि तीन करोड ३२ लाख ५८ हजार गरि १७ करोड ८० लाख ३२ हजार रकम विनियोजन गरेको छ ।

डडेल्धुराका स्थानीय तहका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आठ करोड ६१ लख ६४ हजार रकम विनियोजन गरेको छ । बैतडीका १० वटा स्थानीय तहहरूका लागि आगामी आर्थिक वर्षमा १५ करोड ३५ लाख ७४ हजार रकम विनियोजन गरेको छ । अछामका लागि प्रदेश सरकारले ११ करोड ८६ लाख ४२ हजार रकम विनियोजन गरेको छ । डोटी जिल्लाका स्थानीय तहहरूका लागि प्रदेश सरकारले ११ करोड ६९ लाख ६४ हजार रकम विनियोजन गरेको छ ।

बझाङका १२ स्थानीय तहहरूका लागि प्रदेश सरकारले १७ करोड १५ लाख तीन हजार रकम विनियोजन गरेको छ । दार्चुलाका नौ स्थानीय तहहरूका लागि १५ करोड ११ लाख ४३ हजार रकम विनियोजन गरेको छ । बाजुराका आठ स्थानीय तहहरूका लागि आगामी आर्थिक वर्षमा १२ करोड ६५ लाख ३९ हजार रकम विनियोजन गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा एकीकृत समाजवादी ७, काँग्रेस, एमाले र माओवादी १/१ जिल्लामा निल