बैतडी । बैतडीको पंज्यूनयाँमा जीप दुर्घटना हुँदा दुई जना घाएते भएका छन् । से १ ज १०८७ नम्बरको दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
घाइते हुनेमा शैल्यसिखर नगरपालिका दार्चुलाका गाडी साहु ३२ बर्षिय हरीदत्त जोशी र गाडी चालक २५ बर्षिय भुवन बिष्ट रहेको प्रहरीले जनाएको छ । गाडीमा अन्य यात्रु भने थिएनन् । जीप दिउँसो ३ बजेको समयमा दुर्घटना भएको हो ।
घाइते दुवैजनाको गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको गोकुलेश्वर प्रहरीचौकीका हवल्दार सन्जय धामीले बताए । जीप पंज्युनयाँ बजारबाट गोकुलेश्वर तर्फ गइरहेको उनले बताए । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)






