जनकपुरमा होटलमा आगलागी


जनकपुरधाम । जनकपुरधामस्थित एक होटलमा भिषण आगलागी भएको छ । मंगलबार बिहान जनकपुरधाम उपमहानगरपालिका–४ स्थित भैरव चोकमा रहेको बाँसबारी होटेल एण्ड रेष्टुरेन्टमा आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ ।

स्थानीय भरत साहले सञ्चालन गरेको सो होटेलको भान्साघरबाट लागेको आगो होटलको चारैतिर फैलिएको थियो । आगलागीबाट १५ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

उनले आगलागीको कारणवारे अनुसन्धान भइरहेको बताए । नेपाली सेना र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको छ ।
जनकपुरधामको वरिपरि बाँसले निर्मित होटल नै नरहेको अवस्थामा केही नयाँपन दिने उद्देश्यका साथ गत २१ असोजमा घटस्थापनाको दिनदेखि सो होटल सञ्चालनमा आएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज ?

कुरी-कुरी