उपभोग्य वस्तुकाे मूल्य आकाशिँदा उपभोक्ता मर्कामा


नगढी । सुदूरपश्चिम प्रदेशमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । दैनिक प्रयोगमा आउने चामल, खाने तेल, ग्यास, चामल, चिनी, तरकारी, फलफूल, दुग्धजन्य वस्तु लगायतको मूल्य एकाएक बढ्दा यपभोक्ता मारमा परेका छन् ।

कोरोनाको प्रभावले सर्वसाधारणको आम्दानी खुम्चिए पनि महंगी भने निरन्तर उकालो लाग्ने क्रम नरोकिँदा दैनिक गुजारा चलाउन मुस्किल हुन थालेको स्थानीय भनाई छ । दैनिक उपभोग्य वस्तुको मूल्य बढेर छोइ नसक्नु भएर गुजारा चलाउनै मुस्किल भएको धनगढी २ सन्तोषीटोलका नित्यानन्द जोशीले बताए । जोशीले भने–‘आम्दानी बढेको छैन, खर्च दिनकै बढेको छ ।’

जोशीले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिको कारण भान्साको खर्च धान्न मुस्किल हुन थालेको बताउँदै आम्दानीका अवसर बढ्न नसकेको तर ढाड भाच्ने महंगीले हातमुख जोर्न समस्या हुन थालेको गुनासो पोखे ।

एक वर्षदेखि दैनिक उपभोग्य वस्तुमा मूल्य निरन्तर बढ्दा घर खर्च चलाउन समस्या भएको धनगढीकी स्थानीय मुना जोशी भट्टराईले बताइन् । ‘आम्दानी बढ्नुको सट्टा बरू घटेको छ, उपभोग्य सामानको मूल्य हरेक दिन बढेको छ,’ उनले भनिन्, ‘सबैभन्दा बढी त खाने तेलको मूल्य बढेको छ । अरू सबै सामानको पनि मूल्य निकै बढेको छ ।’

उपभोग्य वस्तुमध्ये सबैभन्दा बढी मूल्य वृद्धि खाने तेलको भएको छ । दशैतिहारमा प्रति लिटर २ सय ६० पर्ने सूर्यमुखी तेलमा अहिले ९० रुपैयाँ बढेर ३ सय ५० पुगेको छ । तोरीको तेलमा प्रति लिटर ७० रुपैयाँ बढेर ३ सय १० पुगेको छ । यस्तै सोयाविन तेलमा ६० रुपैयाँ बढेर प्रति लिटर ३ सय २० पुगेको छ । यस्तै सबै किसिमको दाल तथा चामलमा प्रति किलो १० देखि २० रुपैयाँ बढेको छ ।

दैनिक उपभोग्य वस्तुको मूल्य बढेको भन्दै पसलमा आउने ग्राहकले गुनासो गर्ने गरेको व्यापारीहरु बताउँछन् । सबैभन्दा बढी खाने तेलको मूल्य बढेको छ । उपभोक्ताले हरेक दिन नयाँ मूल्य बढेको भन्दै गुनासो गर्नेगरेको धनगढीका ब्यापारी सुरेश रोकायाले बताए । उनले भने, ‘अन्य सामानको पनि केही रुपैयाँ मूल्य बढेको भए पनि खाने तेलको भने दोब्बर नै बढेको छ ।’

बजारमा फलफूल तथा तरकारीको मूल्य पनि बढेको उपभोक्ताले गुनासो गरेका छन् । यसैगरी मासु तथा दुग्धजन्य वस्तुमा पनि चार पाँच महिना अगाडिको मूल्यमा १० देखि एक सय रुपैयाँ बढेको छ । दुधको मूल्यमा १० रुपैयाँ बढेर प्रति लिटर ८० पुगेको छ भने दहीमा ३० रुपैयाँ बढेर १ सय २० पुगेको छ । ९ सय प्रति किलो पाइने घ्युको मूल्य १ हजार पुगेको छ भने ६ सय ५० बाट पनिरको मूल्य बढेर ७ सय भएको छ। यस्तै मासुको मूल्य पनि बढेको छ । कुखुराको मासु प्रति किलो ३२० बाट ४२० पुगेको छ भने खसीको मासुमा एक सय बढेर किलोको ९ सय पुगेको छ ।

धनियाँ जिरादेखि सलाईको समेत मूल्य बढेर भान्साको खर्च धान्न मुस्किल भएको छ । यसरी सबै वस्तुको भाउ बढेर भान्साको खर्च धान्नै धौंधौं हुन थालेको उपभोक्ताहरु दुखेसो रहेको छ । विगतका वर्षमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने र घट्ने क्रम भइरहने भए पनि गत वर्षदेखि भने उपभोग्य सामग्रीको मूल्य निरन्तर बढेको र एक रुपैयाँ पनि नघटेको गुनासो उपभोक्ताले गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

कुरी-कुरी