शास्त्रीय संगीतमा झुमे दर्शक

काठमाडौं । शास्त्रीय संगीतमा रम्दै श्रष्टाहरुले विश्व संगीत दिवस मनाएका छन् । विश्व संगीत दिवसको अबसरमा काठमाडौंमा मंगलबार र बुधबार विभिन्न सांगीतिक कार्यक्रम आयोजना गरिएको छ ।

यस्तै क्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले विश्व संगीत दिवसको अवसार पारेर काठमाडौंमा शास्त्रीय संगीत उत्सव आयोजना गरेको छ । शास्त्रीय सङ्गीतकर्मी चन्दन श्रेष्ठको समूहको शास्त्रीय सांगीतिक प्रस्तुतिबाट उत्सबको सुरु भएको थियो । उनीहरुले झलकमान गनधर्वको गीत गाएर उत्सबको शुभारम्भ गरेका थिए ।

काठमाडौंको रशियन कल्चर सेन्टरमा आयोजना गरिएको उत्सबमा त्यसपछि दुई घन्टासम्म विभिन्न कलाकारले शास्त्रीय सँगीत प्रस्तुत गरेर दर्शकलाई मन्त्रमुग्ध तुल्याए । उत्सबमा मोहनप्रासद जोशी र उनका शिक्ष्यहरुको शास्त्रीय वाद्यवादन प्रस्तुति निकै आकर्षक थियो । जयश्री सङ्गीत समाजका तर्फबाट लक्ष्मी डङ्गोलको समुहले तबलावदनमा प्रतिस्पर्धा गरेका थिए ।

त्रिबिबी ललितकला केन्द्रिय विभावको गायन प्रस्तुति, अमता दरभङ्गा घरानाका विष्णु आचार्य र शिष्यहरुको ध्रुपद गायन, जीवन आलेको समुहको बाँसुरी वादन, श्री केसी र उनका चेलाहरुको शास्त्रीय गायन, अच्युतराम भण्डारीको समुहको तबला बादन, सुलोचना कपालीको समुहको शास्त्रीय नृत्य पनि उत्सकको अकर्षक बिन्दु थियो ।

यस्तै ध्रुपद गुरुकुल काठमाडौका तर्फबाट उनेउवे शो र विशल भट्टराई तथा उनका शिष्यहरुबाट प्रस्तुत गरिएको ध्रुपद गायनले दर्शकलाई तरँगित बनायो । यो प्रस्तुतिमा दर्शकले निरन्तर तालीले साथ दिए ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले सँगीतको मुल नै शास्त्रीय संगीत भएकाले यसको प्रवर्धनमा सबैको साथ हुनु पर्ने बताए । अग्रज शास्त्रीय सङ्गीतज्ञ मोहन प्रसाद जोशीले यस्ता उत्सबले शास्त्रीय संगीतको विकाशमा उर्जा थप्ने बताए । जोशीले हार्मोनियम तथा जलतरङ्ग बजाएर उत्सबको उद्घाटन गरेका थिए । प्राज्ञ तथान सो उत्सब संयोजक प्राज्ञ धीरेन्द्र प्रेमर्षिले सङ्गीत ईश्वरीय आराधनाको सर्वोत्तम र सर्वसुलभ माध्यम भएको बताए ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा शास्त्रीय सङ्गीत समाजको सहकार्यमा सम्पन्न कार्यक्रममा शास्त्रीय सङ्गीत सम्बन्धी सङ्गीत शिक्षा पुस्तक लोकार्पण गरियो । शास्त्रीय सङ्गीत समाजका अध्यक्ष धनबहादुर गोपालीले सो पुस्तक’bout प्रकाश पार्दै नेपाली शास्त्रीय सङ्गीतकर्मीको परीक्षा नेपालमै लिन पुस्तकले सहयोग पु¥याउने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विनोद शाही मृत्यु प्रकरणः मंगलसेनमा निषेधित क्षेत्र घोषणा

कुरी-कुरी