थर्ड आई उत्कृष्ट

काठमाडौं । कोरोनाको कहर मत्थर भएपछि चलचित्र प्रदर्शनसँगै महोत्सबहरु फेरी बढेका छन् । यसै क्रममा लघू चलचित्रको प्रतिस्पर्धा मुलक कार्यक्रममा ‘तेश्रो नेपाल सर्ट फिल्म अवार्ड २०२२’ सम्पन्न भएको छ । यो प्रतिस्पर्धामा सर्वोत्कृष्ट सर्ट फिल्मको अवार्ड आसुतोष प्रोडक्सनको फिल्म थर्ड आईले जितेको छ । चलचित्र थर्ड आईबाटै सोसियल फिल्म तर्फको उत्कृष्ट निर्देशकको अवार्ड आशुतोष अधिकारीले प्राप्त गरेका छन् ।

काठमाडौंमा सम्पन्न यो प्रतियोगिता विभिन्न १३ बिधामा अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । यो अवार्डका लागि दुई दर्जन भन्दा बढी सर्ट फिल्मबीच प्रतिस्पर्धा भएको थियो ।

सो प्रतिस्पर्धामा सर्वोत्कृष्ट सर्ट फिल्म निर्देशकको अवार्ड फिल्म अबसानबाट कल्यान अधिकारीले जितेका छन् । उत्कृष्ट अभिनेताको अवार्ड प्रदीप बासतोलाले बाजी फिल्मबाट चुमे । यस्तै नव अभिनेताको अवार्ड द टाईमबाट अभिषेक खकुरेलले प्राप्त गरे । यस्तै नव निर्देशकको अवार्ड पनि द टाईमबाटै सुदीप कुँवरले जिते ।

अभिनेत्रीको अवार्ड फिल्म म मेरी बहिनी र उबाट सुजाता तिमल्सिनाले हाँसिल गरिन् । प्रतिस्पर्धामा अभिनेत्री तर्फ जुरीको अवार्ड थर्ड आईबाट अभिनेत्री कमला अधिकारीले प्राप्त गरिन भने यही फिल्मबाट केडी प्रसितले सह अभिनेताको अवार्ड हाँसिल गरे ।

यस्तै सो प्रतिस्पर्धामा फिल्म दानबबाट मोहम्मद रफी शाहले दानबबाट निर्देशन तर्फ नै जुरी अवार्ड प्राप्त गरे भने फिल्म १२ ए एमबाट नव निर्देशकको अवार्ड दिवस गिरीले प्राप्त गरे । उत्कृष्ट छायाँकारको फिल्म कलेज लाईफबाट मनोज चौधरीले पाए । उत्कृष्ट सम्पादनको अवार्ड फिल्म इतिबाट नविन निरौलाले प्राप्त गरेका छन् ।

स्टार वान इन्टटेमेन्टद्वारा आयोजित नेपाल सर्ट फिल्म अवार्डको निर्णायकमा चलचित्र निर्देशक मधुसुदन भट्टराई, पत्रकार तथा चलचित्र निर्देशक लक्ष्मण सुवेदी, पत्रकार विष्णु प्रसाद सुवेदी, अभिनेता विकाश चापागाईं, गजित बिष्ट, गोपाल ढकाल ‘छन्दे’ र चलचित्र लेखक शिवम अधिकारी थिए ।

नेपालमा पछिल्लो समय लघू चलचित्रको निर्माण क्रम बढेकोले यसलाई अझ प्रोत्साहन गर्न बिगत तीन वर्षबाट लघु चलचित्रको प्रतियोगिता गर्दै आएको आयोजक पक्षले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)

epaper

ताजा समाचार

अविरल वर्षाका कारण प्रमुख राजमार्गहरूमा आवागमन प्रभावित