अब काँग्रेसको चलाखी संघ र प्रदेशमा चल्दैन : पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनमा सरकारको नेतृत्व गरिरहेहको गठबन्धनको मुख्य राजनीतिक दल काँग्रेसले चलाखी गरेको बताएका छन् । उनले संघीय र प्रदेश सभा निर्वाचनमा काँग्रेसको चलाखी नलच्ने धारणा राखेका छन् ।

सिन्धुपाल्चोकको चौतारामा शनिबार आयोजित माओवादी पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित कार्यक्रममा नेता पुनले स्थानीय तहको चुनावमा काँग्रेसले आफू जित्ने ठाउँमा माओवादीलाई अरुसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरुसँग गठबन्धन गर्ने अनि आफू जित्ने ठाउँमा एक्लै निर्वाचनमा गएर चलाखी गरेको बताए ।

उनले भने, ‘स्थानीय तह निर्वाचनमा काँग्रेसले गठबन्धनको नाउँमा चलाखी गरेको देखियो । आफू जित्ने ठाउँमा माओवादीलाई अरुसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरुसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिंगल लड्ने गरेको देखियो । अब आउने निर्वाचनमा काँग्रेसको त्यस्तो चलाखी चल्दैन ।’

तपाइको प्रतिक्रिया
(Visited 300 times, 1 visits today)

epaper

ताजा समाचार

संविधानसभाका ३ सदस्यलाई दोषी ठहर गर्ने जिल्ला अदालतको निर्णय सदर