सेरेना पहिलो चरणमै निराश

लन्डन । २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्स वेलायतमा जारी विम्बल्डनको पहिलो चरणमा पराजित हुँदै प्रतियोगितामा पूर्णविराम लगाएकी छिन् । हार्मोनी तानसँग निराश पराजित भएसँगै सेरेना दोस्रो चरणमा पुग्न असफल भइन् । तानले सेरेनालाई हराउन तीन घण्टा ११ मिनेट खर्चनु पर्‍याे । तानले ७-५, १-६, ७-६ (१०-७०ं) को जित निकालिन् । तानले अब ३२औं वरीयताकी सारा सोरिबेस टोर्मोको सामना गर्नेछिन् । साराले क्रिस्टिना म्याकहेलमाथि ६-२,६-१ को जित निकालिन् ।

नाडालको विजयी सुरुवात
अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोलाई ३-१ ले हराउँदै स्पेनिस टेनिस स्टार राफायल नाडालले विम्बल्डन टेनिसमा विजयी सुरुवात गरेका छन् । मंगलबार राति सेन्टर कोर्टमा भएको खेलमा नाडालले फ्रान्सिस्कोमाथि ६-४,६-३,३-६ ६-४ को सेटमा जित निकाले ।

विश्व वरियताको दोस्रो स्थानमा रहेका नाडालको यो ३०६औं ग्रान्डस्लाम जित हो । अब, कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दोस्रो चरणमा लिथुनियाका रिकार्डससँग खेल्नेछन् । ३६ वर्षीय नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन