नक्कली नागरिकता सिफारिस गर्ने वडाअध्यक्ष ठाकुर फरार


जनकपुरधाम । नक्कली नागरिकता बनाउनका लागि वडाबाट सिफारिस गरेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ का पूर्व वडाध्यक्ष रमेश ठाकुर फरार भएका छन् ।

वडाध्यक्ष रहेको समयमा ठाकुरले नक्कली नागरिकताको सिफारिस गरेको भन्दै जिल्ला अदालत धनुषाले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले पूर्व वडाध्यक्ष ठाकुरसँगै वडा सचिव माधव रायविरुद्धसमेत पक्राउ पुर्जी जारी गरेको छ । ठाकुरसँगै वडा सचिव रायसमेत फरार भएका छन् । नागरिकता प्राप्त गरिसकेका व्यक्तिलाई फेरी वडा नम्बर–८ बाट नागरिकताकै लागि सिफारिस गरेपछि ठाकुरविरुद्ध मुद्दा परेको थियो ।

धनुषाको मुखियापट्टी मुसहरनियास्थित तुलसियाही जब्दीका आनन्द मिश्रले २०७० साल जेठ १९ गते जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता प्राप्त गरेका थिए । उनै मिश्रलाई पुनः जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बाट आनन्द मोहन शरणको नाममा नागरिकताका लागि सिफारिस गरिएको पाइएको छ ।

मिश्रले २०७८ मंसिर १७ गते आनन्द मोहन शरणको नाममा जिल्ला प्रशासन कार्यालयबाट अर्को नागरिकता प्राप्त गरेका हुन् । दुवै नागरिकतामा उनको जन्म मिति तथा स्थान फरक फरक देखाइएको छ । उनको पहिलो नागरिकतामा बुवाको नाम पवन मिश्र उल्लेख छ भने अर्को नागरिकतामा बुवाको नाम देव शरण उल्लेख गरिएको छ । आनन्द अहिले कारागारमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 403 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् राप्रपाले जितेका स्थान, कुन-कुन पालिकामा अग्रता ? (सूचीसहित)