१ सय २८ कृषकलाई कृषि उपकरण

कपिलवस्तु । कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादनमा वृद्धि गर्ने ध्येयले बुद्धभूमि नगरपालिकाले कृषकलाई कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाको सभाहलमा आयोजिक एक कार्यक्रमबीच एक सय २८ जना कृषकलाई विभिन्न किसिमका कृषि सामग्री हस्तान्तरण गरिएको हो ।

लागत सहभागितामा उनीहरूलाई नगरपालिकाको कृषि शाखामार्फत मिनी टिलर, पम्पसेट, इलेक्ट्रिक मोटर उपलब्ध गराइएको हो । नगरपालिकाले ५० प्रतिशत अनुदानका ६५ वटा मिनी टिलर, ७० प्रतिशत अनुदानका ५ हर्स पावरको २८ वटा पम्पसेट र २ हर्स पावरको ३५ वटा मोटर उपलब्ध गराइको छ । कृषि उत्पादनमा वृद्धि गर्न नगरपालिकाले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको मेयर केशवकुमार श्रेष्ठले बताए । अब कृषि बिमाको कार्यक्रम पनि आवश्यक रहेको उनको भनाइ छ ।

उपमेयर मिरा थारुले कृषकका लागि सहज वातावरणको सिर्जना गर्न नगरपालिकाले काम गरिरहेको उल्लेख गरिन् । परम्परागत कृषिलाई त्यागेर आधुनिकीरणतर्फ लैजानुपर्ने उनले जिकिर गरिन् । नगरपालिका कृषि शाखा अधिकृत देवीराम बेल्बासेले लागत सहभागिताका लागि जारी सूचनाका आधारमा परेका निवेदनमा छनोट गरी उनीहरूलाई सो सामग्री उपलब्ध गराइएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उठ्न थाल्यो काठमाडौंको फोहोर

कुरी-कुरी