भिसा सहजता प्रदान गर्नमा भीएफएस सक्रिय

काठमाडौं । विदेश यात्रा गर्ने नेपाली नागरिकलाई भिसामा सहजता प्रदान गर्न स्थापित भीएफएस ग्लोबलले काठमाडौंसँगै देशका विभिन्न ठाउँमा सेवा केन्द्र विस्तार गर्ने तयारी थालेको छ ।

कोभिड–१९ का कारण विदेश भ्रमणमा अवरुद्ध भएको अवस्था चिरिएर बिदेसिनेको संख्या ६ सय प्रतिशतसम्म वृद्धि भएपछि भीएफएसले पहिलो चरणमा पोखरामा सेवा केन्द्र विस्तार गर्ने योजना बनाएको हो । भीएफएस ग्लोबलका दक्षिण एसिया हेर्ने एलिजाबेथ समुएल बिहीबार भने, ‘नेपालका जनताको बिदेसिने क्रम र भीएफएससँगको निकटताले हामी धेरै उत्साही बनेका छौं ।’

१ सय ४३ मुलुकका लागि भिसा प्रोसेसिङ गरिदिने भीएफएसलाई नेपालमा खासगरी अस्ट्रेलिया र युरोपियन मुलुकको भिसाको काम गर्ने संस्थाको रूपमा चिन्ने गरिन्छ । बायोमेट्रिक प्रमाणितदेखि भिसाका सबै काम गरिदिने भीएफएसले गोपनीयता र विश्वसनीयतालाई पहिलो प्राथमिकतामा राखेको एलिजाबेथले बताइन् । नेपालमा दूतावास नभएका र भए पनि भिसाको काम भारतमा गएर गर्नुपर्ने बाध्यतालाई भीएफएसले अन्त्य गर्दै सस्तो र सुलभ तरिकाले भिसाका लागि सहजीकरण गर्दै आएको छ । अस्ट्रेलियाका लागि सबै प्रक्रिया गर्दासम्मका लागि भीएफएसले ३ हजार ६ सय रुपैयाँ सेवा शुल्क लिने गरेको छ ।

भीएफएसले यसअघि नै चेक गणतन्त्र भिसा आवेदन केन्द्र नेपालमा नै सञ्चालनमा ल्याएर भारतको नयाँदिल्लीस्थित दूतावासमा जानुपर्ने बाध्यता अन्त्य गरिसकेको छ । हरेक वर्ष आवेदनको संख्या बढ्दै गएकाले नेपाली आवेदकको सहजताका लागि भीएफएस ग्लोबलले काठमाडौंमा चेक गणतन्त्रको भिसासम्बन्धी कामकारबाही सुरु गरेको थियो । हाल भीएफएस ग्लोबलले ६५ मुलुकका सरकारसँग र १ सय ४३ वटा मुलुकमा ३ हजार ५ सय ४१ वटा सेवा केन्द्रबाट सेवा दिइरहेको छ । नेपाली जनता उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया, क्यानाडा, युके, जापानमा जाने गरेको र उनीहरूको सेवाका लागि नै भीएफएस प्रतिबद्ध रहेको पनि एलिजाबेथले बताइन् ।

नेपालीहरू वैदेशिक रोजगारमा पनि उत्तिकै जाने गरेको र भ्रमणका लागि जाने गरेकाले भीएफएस नेपालका लागि उपयोगी भएको ठम्याइ उनको रहेको छ । भीएफएसले भर्चुअल माध्यमबाट अन्तर्वार्ता, अटोमेटेड एसएमएस अपडेट, फर्म भर्न सहयोग, प्रिन्टिङको सुविधा, प्राइम टाइम अपोइन्टमेन्ट, प्राइम टाइम पासपोर्ट पास ब्याक सेवा, बैंकिङ इन्स्ट्रयुमेन्ट जस्ता कार्य गर्दै आएको छ । भीएफएस ग्लोबल विश्वभरका सरकार र कूटनीतिक नियोगका लागि काम गर्ने संसारकै ठूलो आउटसोर्सिङ र टेक्नोलोजी सर्भिस स्पेसियालिस्ट हो । यूएईको दुबईमा मुख्यालय रहेको भीएफएस ग्लोबल स्विस कम्पनी हो ।

यो स्विडेनको राजधानी स्टकहोममा मुख्यालय रहेको विश्वकै ठूलो प्राइभेट इक्विटी फर्म इक्युटीको पोर्टफोलियो कम्पनी समेत हो । पाँच महादेशका १ सय ४३ मुलुकमा भीएफएस ग्लोबलको ३ हजार ५ सय ४१ वटा आवेदन केन्द्रहरू छन् जहाँबाट २४ करोड ३१ लाख भिसा आवेदन प्रक्रिया भइसकेका छन् । भीएफएस ग्लोबल ६५ वटा क्लाइन्ट सरकारको पार्टनर हो । काठमाडौंमा भीएफएस (भिसा फ्यासिलेसन सर्भिस)को केन्द्र ठमेलको छाँया सेन्टरमा रहेको छ । जसका कारण अध्ययनका लागि विदेश जानेहरूलाई सहज भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’

कुरी-कुरी