धनगढी उपमहानगरको सभामा कुर्सी हानाहान


धनगढी । धनगढी उपमहानगरको आज सोमबार बसेको आठौं नगर सभाको तेस्रो बैठकमा चर्को विवाद भएको छ । सो क्रममा उपप्रमुख कन्दकला रानाले आफ्नो सल्लाह विना नै बजेट पुस्तिका प्रकाशित गरिएको भन्दै विरोध गरेकी थिइन ।

उपमेयर रानाले विरोध गरेपछि एमाले र माओवादी पक्षका जनप्रतिनीधिले कुर्ची उठाएर फालेर उपप्रमुख रानाका समर्थन गरेका थिए । उता काँग्रेस पक्ष जनप्रतिनिधिले भने धनगढी प्रमुख गोपाल हमालले ल्याएको बजेट पुस्तिकामा समर्थन गरेको छ ।

प्रमुख हमालले उपमहानगरको बजेट ल्याउँदा कुनै सल्लाह नगरी पुस्तिका छपाएको भन्दै एमाले र माओवादीका जनप्रतिनिधिले बैठकमा नाराबाजीसहित विरोध गरेका हुन् । सो क्रममा उनीहरुले आफू बसेको कुर्सीले बिरोधी खेमातिर फालेका थिए ।

स्वतन्त्र उम्मेदवार बनेर विजय भएका हमाललाई भने काँग्रेस पक्ष जनप्रतिनिधिले ले समर्थन गर्दै बिरोधमा उत्रेका एमाले र माओवादी पक्षको प्रतिकार गरेको छ ।

१९ वटा वडा रहेको यो उपमहानगरपालिकामा उपप्रमुखसहित ६ वटा वडामा एमाले, काँग्रेसले ११ वटा वडामा र माओवादीले २ वटा वडामा जितेको छ ।

यसअघि उपमहानगरका हरेक बैठकको प्रत्यक्ष प्रसारण हुनेगरेकोमा सोमबारको बैठकमा विवाद भएपछि फेसवूकबाट गरिएको प्रत्यक्ष प्रसारण वन्द गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कैलालीको मोहन्यालका अधिकृत बुढाक्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कुरी-कुरी