महिलामाथि यौनजन्य दुव्र्यवहारविरुद्धका कानुनी पाटा

पृष्ठभूमि
घर, परिवार समाज र सिंगो राष्ट्रकै आधार स्तम्भ हुन् महिला । महिलाका हरेक इच्छा, आकांक्षा र काम व्यवहार असल, समुन्नत र अनुशासित परिवार एवं समाज निर्माण गर्ने पवित्र कर्मतर्फ लक्षित रहेको हुन्छ । जहाँ महिलाको सम्मान, सुरक्षा र इज्जत हुन सक्दैन त्यहाँ विकास समृद्धि शान्ति एवं समुन्नत समाजको कल्पना गर्न सकिन्न । आज तीनै महिलामाथि विभेद, अन्याय, तथा अन्य शारीरिक र मनोवैज्ञानिक हिंसा एवं दुव्र्यवहारका घटना प्रशस्तै हुने गरेका छन् । महिलामाथि हुने बलात्कार तथा यौनजन्य हिंसाका कारण कतिपय महिला मानसिक रूपमै विछिप्त बनी त्यस्ता महिलाले आत्महत्यासमेतको बाटो रोजेको पाइन्छ । महिलामाथि हुने विभिन्न हिंसामध्ये यौनजन्य दुव्र्यवहार पनि एक फौजदारी कसुरअन्तर्गतको हिंसा नै हो । महिलाविरुद्धको हिंसा उन्मूलन गर्नेसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र, सन् १९९३ को धारा २ ले पनि यौनजन्य दुव्र्यवहारलाई महिला हिंसाका रूपमा मानेको छ र २०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी अपराधसंहिता २०७४ ले करणीसम्बन्धी कसुरअन्तर्गतको दफा २२४ मा यौनजन्य दुव्र्यवहार गर्न नहुने भनी कानुनी व्यवस्था गरेको छ ।

के हो यौन दुव्र्यवहार ?
छोएर, बोलेर, संकेत गरेर, लेखेर तथा भावनात्मक व्यवहारबाट महिलामाथि यौनजन्य दुव्र्यवहार हुने गरेको छ । हालको मुलुकी अपराध संहिता, २०७४ को दफा २२४(२) मा कसैले आफ्नो पति या पत्नीबाहेक अन्य व्यक्तिलाई निजको मन्जुरी बिनाकरणीका आशयले समातेमा, छोएमा वा निजको संवेदनशील अंग छोएमा वा छुने प्रयास गरेमा निजको भित्री पोसाक लगाउन वा खोल्न कुनै अवरोध गरेमा, निजसँग अश्लील शब्द मौखिक लिखित या सांकेतिक रूपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लील चित्र, तस्बिर देखाएमा यौनको आशयले जिस्काएमा वा कुनै किसिमबाट हैरानी दिएमा वा निजसँग अस्वाभाविक अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निज व्यक्तिले यौन दुव्र्यवहार गरेको मानिनेछ भनी यौन दुव्र्यवहारको परिभाषा गरेको पाइन्छ ।

समग्रतामा महिलामाथि हुने दुव्र्यवहार सेक्सुअल ह्यारेसमेन्ट नै यौन दुव्र्यवहार हो । महिलाविरुद्ध हुने यौनजन्य दुव्र्यवहार महिलाको व्यक्तिगत स्वतन्त्रता तथा मौलिक हक एवं मानव अधिकारविरुद्ध हुने यौन प्रकृतिको कार्य हो । वस्तुतः यौनजन्य दुव्र्यवहार महिलाविरुद्ध यौनजन्य मनसायले गरिने अनिच्छित आचरण व्यवहार हो र यौनजन्य दुव्र्यवहार शारीरिक, मौखिक, लिखित र आचरणद्वारा हुने गर्दछ ।

यौनजन्य हिंसासम्बन्धी अपराध बढ्दो
महिलामाथि यौनजन्य हिंसा गर्ने अपराधी ढिलै भए पनि पक्राउ परी कानुनी दायरामा आउने गरेका छन् । महिलामाथि हुने यौनजन्य हिंसा कानुनले वर्जित गरेको अपराध हो भन्ने कुरा थाहा पाई पाइकन पनि कतिपय मानिसले अपराध गरेका हुन्छन् भने कतिलाई महिलामाथि गरिने यस्तो प्रकारको व्यवहार यौनजन्य हिंसा हुने भन्ने थाहा नहुन पनि सक्छ । थाहा भएर होस् या थाहा नभएर होस् महिलामाथि हुने यौनजन्य हिंसा कानुनले निषेध गरेको अपराध हो । यदि कसैले अपराध गर्छ भने त्यस्ता व्यक्ति दण्डित हुन्छन् । मिति २०७५ साल मंसिरमा लगनखेल स्वयम्भू डल्लु रुटको बसको सिटमा बसिरहेकी एक महिलामाथि पछाडिबाट एक अपरिचित पुरुषले यौनजन्य दुव्र्यवहारको हर्कत गरेकोमा ती युवकलाई केही महिनापछि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । त्यसैगरी, २३ जेठ २०७८ सालमा दुई जना राउटे युवतीलाई भिडियो बनाउने प्रलोभनमा सुर्खेत गुर्भाकोट नगरपालिका–९ का चौमन घर्ती, भूपेन्द्र बुढा र मिलन भनिने मनबहादुर पुनले एक होटलमा लगी यौन दुव्र्यवहार गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएकोमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश दिलप्रसाद सापकोटाको इजलासले निजहरूलाई पुर्पक्षको लागि कारागार चलान गर्ने भनी मिति २०७८÷३÷१७ मा आदेश भएको थियो । कतिपय शिक्षकले आफ्नै छात्रालाई विभिन्न प्रलोभनमा पारी यौनजन्य हिंसा गरेकोमा त्यस्ता शिक्षकउपर जाहेरी दिनेको संख्या पनि हाल बढ्दो छ । प्रहरी जवानबाट नै किशोरीमाथि यौन हिंसा † पोखराको बाटुले चौरमा कोठा भाडामा लिई बस्दै आएकी वर्ष १७ की किशोरीसँग २५ वर्षीय प्रहरी जवान रजिन सुनुवारले पटकपटक जबरजस्ती शारीरिक सम्बन्ध राखेको र निज किशोरीको गर्भमा भएको बच्चासमेत गर्भपतन गराउन दबाब दिई जबर्जस्ती गर्भपतन गराई त्यसपछि निज किशोरीलाई नस्वीकारेका कारणबाट उनी पोखराको सेती नदीमा हाम फाली आत्माहत्या गर्न खोज्दा पुलको जालीमा अड्किएको अवस्थामा प्रहरीले उनलाई उद्धार गरेको थियो । यसरी मानिसमा आएको परिवर्तन, चेतना, महिलाको हक हित र सुरक्षाको आवाज उठाउने विभिन्न संघसंस्थाको सक्रियता र प्रत्येक मानिसमा कम्युनिकेसनको पहुँच हुँदाहुँदै पनि महिलामाथि हुने यस्ता यौनजन्य दुव्र्यवहारका घटना दिन प्रतिदिन बढ्दै जानु दुःखद् कुरा हो ।

महिलामाथि हुने विभिन्न हिंसामध्ये यौनजन्य दुव्र्यवहार पनि एक फौजदारी कसुरअन्तर्गतको हिंसा नै हो

महिलामाथि किन हुन्छ यौन दुव्र्यवहार ?
पछिल्लो समयमा महिलामाथि यौन दुव्र्यवहारका घटना ह्वात्तै बढेको पाइन्छ । यौन दुव्र्यवहारका विषयमा उजुरी पनि प्रशस्तै पर्ने गरेका छन् । अपराधीहरू कारबाहीको दायरामा पनि आएका छन् । समाजमा महिलामाथि यौन दुव्र्यवहारका घटना विभिन्न कारणबाट हुने गरेको पाइन्छ । जस्तै, आर्थिक विपन्नता पनि महिलामाथि यौन दुव्र्यवहार हुने एक कारण हो । गरिब विपन्नता महिलामाथि सहयोग गर्ने बहानामा कतिपय पुरुषले थाहा नपाउँदो किसिमबाट यौनजन्य हिंसा गरिरहेका हुन्छन् भने आफूमाथि यौन दुव्र्यवहार भइरहेको कुरा थाहा पाउँदापाउँदै पनि गरिबीको कारणले त्यस्ता महिलाले सहेरै बस्नुपर्ने बाध्यात्मक अवस्था हुन्छ । साथै कुनै पनि महिलाको आनी बानी एवं घर पारिवारिक अवस्था थाहा पाइसकेपछि पनि त्यस्ता महिलामाथि यौनजन्य हिंसा हुने गरेको पाइन्छ । अर्को कुरा पुरुषको बाहुल्यता रहेको समाजमा महिलालाई जसो गरे पनि हुन्छ भन्ने पुरानो गलत मान्यताको जगमा उभिएकाहरूबाट पनि महिलामाथि यौन दुव्र्यवहार हुने गरेको पाइन्छ । कतिपयले त महिलालाई यौनजन्य आनन्द प्राप्त गर्ने साधनका रूपमा लिने भएकाले पनि महिलाविरुद्धको अपराध बढी यौनजन्य उद्देश्यबाट हुने गर्दछ भने कतिपयले त व्यक्तिगत साथै पारिवारिक रिसइवीका कारण पनि महिलामाथि यौनजन्य हिंसा गर्ने गरेका छन् । यसरी माथि उल्लेखित विभिन्न कारणबाट महिलामाथि यौनजन्य हिंसा हुने गरेको पाइन्छ ।

यौनजन्य दुव्र्यवहारबाट कसरी बच्ने ?
प्रथमतः आफूमाथि के कस्तो व्यवहार गर्दा यौन दुव्र्यवहार हुन्छ भन्ने’boutमा महिलामा ज्ञान हुनुपर्छ । यौन दुव्र्यवहार प्रायःजसो चिनेजानेका नजिकका आफन्तभित्रकै मानिसबाटै भइरहेको हुन्छ । त्यस्ता कार्य सार्वजनिक यातायात, सार्वजनिक स्थल, कार्यालय, अफिस र घरभित्रै पनि हुने गरेको पाइन्छ । यौन दुव्र्यवहारबाट बच्न अपरिचित नचिनेका, नजानेका मानिसले दिएको पेयपदार्थ तथा खानेकुरा नखाने उनीहरूबाट टाढै रहने र आफूलाई कहिल्यै कमजोर नदेखाउने, नडराउने, हिंसाको खुलेर प्रतिवाद गर्ने, आफू बसेको ठाउँमा झ्याल ढोका राम्ररी बन्द गर्ने, कसैले पिछा गरेको जस्तो लागेमा सजक हुने । यदि कुनै व्यक्तिबाट आफू माथि यौन दुव्र्यवहार हुन लागेको भन्ने शंका लागेमा प्रहरीमा खबर गर्ने । आफ्नो अधिकारका लागि आफैं जागरुक हुने र यात्रा गर्दा होस् या विभिन्न मठ मन्दिरमा जाँदा एक्लै नजाने साथै महिलामाथि के कस्तो व्यवहार गर्दा यौनजन्य हिंसा हुन्छ र यौनजन्य हिंसा भएमा अपराधीलाई के कस्तो सजाय जरिमाना हुन्छ भन्ने’bout सार्वजनिक यातायातका चालक सहचालक कार्यालयका कर्मचारी साथै प्रत्येक टोल, समाज र घरघरमा, सरकारी एवं गैरसरकारीस्तरबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु गराउनुपर्छ ।

झुठा उजुरी दिनेको संख्या बढ्दो
कतिपय महिलापुरुष लामो समयसम्म सँगै बस्ने, सँगै हिँड्ने, खाने र सहमतिमै यौनजन्य क्रियाकलाप गर्ने गर्छन् र मन नमिली झगडा हुँदा या डिमान्ड पूरा नहुँदाको अवस्थामा भने महिलाले पुरुषविरुद्ध झुठा उजुरी गर्ने गरेको घटना पनि धेरै छन् । यसरी झुठा उजुरी गरी मुद्दा चलाए पनि उनीहरूबीच कुरा मिलेपछि उजुरवालाले अदालतमा आफूविरुद्ध कुनै पनि किसिमको अन्याय नभएको भनी जाहेरीकै विरुद्ध हुनेगरी बयान गरिसकेपछि अभियुक्तलाई अदालतले सामान्य धरौट तारेखमा छाड्ने गरेको भए तापनि पछिल्लो समय यता भने आफंैले दिएको जाहेरीविरुद्ध हुने गरी बयान फेरेबापत अदालतले उजुरीकर्तालाई नै कैद र जरिमाना गर्ने गरेको छ । यस्तै, विषयमा चितवन जिल्ला अदालतले जबर्जस्ती करणी उद्योगमा जाहेरी गर्ने एक युवतीलाई आफ्नै जाहेरीविरुद्ध हुनेगरी अदालतमा बयान फेरेको भनी मिति २०७७÷३÷७ मा एक महिना कैद र ६३ हजार रुपैयाँ क्षतिपूर्तिबापत जरिमाना गर्ने फैसला गरेको थियो । जसले गर्दा मिल्दा सबै ठीक नमिल्दा झुठा उजुरी गर्ने वा जाहेरीकै विरुद्धमा बयान दिनेलाई सो फैसलाले निरुत्साहित बनाएको छ । त्यस्तै हालको मुलुकी अपराध संहिताको दफा ९८ (१) मा पनि कसैले कसैलाई क्षति पु¥याउने वा हैरान गर्ने नियतले कुनै न्यायिक कारबाही गर्ने अधिकारीसमक्ष झुठ्ठा कुराको दाबी लिई अभियोग लगाई कुनै व्यक्तिविरुद्ध उजुरी दिनुहुँदैन । यदि झुठा उजुरी दिएमा त्यस्तो कसुरमा हुन सक्ने सजायको उपल्लो हदको आधासम्म सजाय हुने र निजलाई पर्न गएको हानिनोक्सानी हेरी सोबापतको क्षतिपूर्ति कसुरदारबाट भराई दिनुपर्नेछ भनी मुलुकी अपराधसंहिता २०७४ को दफा ९८ (२) मा कानुनी व्यवस्था रहेको छ ।

सामाजिक पुर्नस्थापना
यौन हिंसामा परेका महिलालाई घरपरिवार र समाजले हेर्ने दृष्टिकोण सकारात्मक हुँदैन । यौन हिंसामा परी विछिप्त बनेकी महिलालाई परिवार एवं समाजले स्वीकार नगर्दा त्यस्ता महिलाले आत्महत्यासम्मको बाटो रोजेको उदाहरण समाजमा धेरै छन् भने कतिपय समाजमा बस्न नसकी विस्थापितसमेत भएका छन् । यौनजन्य हिंसामा परेका महिलाको कुनै दोष हुँदैन । त्यस्ता महिलालाई घरपरिवार र समाजले माया ममता एवं सान्त्वना दिई घर परिवार र समाजमा बस्न उचित वातावरण निर्माण गर्नुपर्छ । नेपालको संविधानको धारा २१ (२) मा पनि पीडितलाई कानुनबमोजिम सामाजिक पुनस्र्थापनाको हकको ग्यारेन्टी गरेको छ ।

यौनजन्य हिंसा भएमा अपराधीलाई के कस्तो सजाय जरिमाना हुन्छ भन्ने’bout सार्वजनिक यातायातका चालक सहचालक कार्यालयका कर्मचारी साथै प्रत्येक टोल, समाज र घरघरमा, सरकारी एवं गैरसरकारीस्तरबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु गराउनुपर्छ ।

सजाय र क्षतिपूर्तिसम्बन्धी कानुनी व्यवस्था
समाजमा अपराधीलाई कडा सजाय भयो भने मात्र अपराध निर्मूल हुन्छ भन्ने गलत मान्यता रहेको पाइन्छ । अपराधीलाई मृत्युदण्ड दिने देशमा पनि अपराध गर्नेको संख्यामा कमी आएको छैन । मानिसले विभिन्न कारणवश अपराध गर्ने हुनाले उसले अपराध गर्नुको कारण पत्ता लगाई सोहीअनुसार उपचारात्मक उपाय अवलम्बन गर्न सके मात्र त्यस्ता व्यक्तिले पुनः दोहो¥याएर अपराध गर्दैनन् र समाजमा विस्तारै अपराधीको संख्या घट्दै जान सक्छ भन्ने फौजदारी कानुनको सर्वमान्य सिद्धान्त रहेको छ । हालको मुलुकी अपराधसंहिता २०७४ को दफा २२४(२) अनुसार यदि कसैले कुनै पनि महिलामाथि यौन दुव्र्यवहार गरेमा त्यस्ता व्यक्तिउपर मुलुकी अपराधसंहिताको दफा २२४ को देहाय (३) नम्बर बमोजिम ३ वर्ष सम्म कैद र ३० हजार रुपैयाँसम्म जरिमाना हुने भनी उल्लेख भएको छ । क्षतिपूर्तिको हकमा भने सो संहिताको दफा २२८ मा पीडित व्यक्तिलाई कसुरदारबाट मनासिव क्षतिपूर्ति भराई दिने उल्लेख छ र मनासिव क्षतिपूर्ति भन्नाले पीडितलाई पर्न गएको मानसिक क्षति नोक्सानीलाई मध्यनजर गरी न्यायकर्ताको स्वविवेकले निर्धारण गरिने विषय हो । त्यस्तै नेपालको संविधानको धारा ३८(३) मा कुनै पनि महिलाविरुद्ध यौनजन्य हिंसात्मक कार्य वा शोषण गर्न नपाइने गरे त्यस्तो कार्य दण्डनीय भई पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति दिलाउने हक हुनेछ भनी उल्लेख छ । साथै मुलुकी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ४१(६) मा पनि पीडितलाई क्षतिपूर्तिसम्बन्धी कानुनी व्यवस्था गरेको पाइन्छ । जसअनुसार पीडितको इज्जतमा कुनै पनि क्षति पुगेमा त्यस्तो क्षतिबापत अदालतले कसुरदारबाट पीडितलाई मनासिव क्षतिपूर्ति भराई दिनुपर्नेछ र त्यस्तो क्षतिपूर्ति भराउँदा नगद वा जिन्सीमा दुवै भराउन सक्ने कानुनी व्यवस्था छ ।

हदम्यादसम्बन्धी कानुनी व्यवस्था
कुनै पनि विषयमा उजुरी वा मुद्दा गर्नका लागि हदम्यादको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ । ऐन कानुनले तोकेको हदम्यादभित्र आफूलाई अन्याय परेको विषयमा उजुरी गरिसक्नुपर्छ । विषयवस्तुको प्रकृति, अवस्था अनुसार उजुरी गर्ने हदम्याद फरकफरक तोकिएको हुन्छ । त्यस्तै यौन दुव्र्यवहारको विषयमा पनि उजुरी गर्ने हदम्याद तोकिएको छ । जस्तै मुलुकी अपराधसंहिता २०७४ को दफा २२९(२) मा यदि कसैले कुनै महिलामाथि यौन दुव्र्यवहार गरेमा कसुर भएको मितिले एक वर्षभित्र उजुरी गरिसक्नुपर्ने नगरेको खण्डमा उजुरी नलाग्ने भन्ने कानुनी व्यवस्था गरेको छ तर थुनामा रहेको वा नियन्त्रणमा लिएको वा अपहरण गरेको वा शरीरबन्धक लिएको व्यक्तिको विरुद्धमा कसुर भएको रहेछ भने थुना, नियन्त्रण, अपहरण वा शरीरबन्धकबाट मुक्ती पाएको मितिले तीन महिनाभित्र उजुर गरिसक्नुपर्ने भन्ने हदम्याद’bout उल्लेख रहे भएको पाइन्छ सोबाहेक अन्य अवस्थामा एक वर्षभित्र उजुरी गरिसक्नुपर्ने भन्ने जुन कानुनी व्यवस्था हो सो सम्बन्धमा एक वर्षको उजुरी गर्ने समयावधि ज्यादै नै कम भएको भनी विभिन्न क्षेत्रबाट टीकाटिप्पणीसमेत भइरहेको छ ।

विषेशतः यौन दुव्र्यवहारमा परेका महिलाले सामाजिक लाजलज्जा, पारिवारिक एवं राजनीतिक दबाब आदि कारणबाट खुलेर विरोध, तथा उजुरी गर्न लामो समय लाग्ने हुन्छ, त्यस्मा पनि पुरुषले आफूमाथि कस्तो व्यवहार एवं क्रियाकलाप गर्दा यौन दुव्र्यवहार हुन्छ, भन्ने’bout प्रायः महिला अनविज्ञ रहेका हुन्छन् र महिलालाई आफू माथि यौन दुव्र्यवहार भएको कुराको थाहा जानकारी धेरै समयपछि हुने हुँदा सोही थाहा पाएको मितिबाट उजुरी गर्ने कानुनी हदम्याद हुनुपर्नेमा उल्लेखित काम कुरा भएको मितिले एक वर्षभित्र उजुरी गर्नुपर्ने भन्ने हदम्याद अव्यावहारिक भएको देखिन्छ । कतिपय सत्ता या शक्तिमा रहेका व्यक्तिबाट नै महिलामाथि यौनजन्य हिंसा हुने गरेकाले त्यस्ता पीडक सत्ता र शक्तिमा रहुञ्जेल पीडितले सुरक्षाकै कारणबाट पनि निजउपर उजुरी गर्न सक्ने अवस्था नरही आफ्नो अनुकूलताको समय कुर्नुपर्ने बाध्यात्मक अवस्था रहेको हुन्छ । कतिपय विकसित देशहरूमा सत्ता र शक्तिको आडमा रहेका विशिष्ट व्यक्तिहरूबाट पनि यौन दुव्र्यवहारमा परेका महिलाले आफ्नो अनुकूलताको वातावरण सिर्जना भएपछि मात्र उजुरी गरी अपराधीलाई कानुनी दायरामा ल्याएका धेरै उदाहरण छन् । यसर्थ पनि सो मुलुकी अपराधसंहिताको दफा २२९(२) मा महिलाउपर हुने यौनजन्य हिंसाविरुद्ध नालिस गर्ने विषयमा काम कुरा भएको मितिले एक वर्षभित्र नालेस गरिसक्नुपर्ने भन्ने हदम्याद अपर्याप्त रहेको देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उठ्न थाल्यो काठमाडौंको फोहोर

कुरी-कुरी