मलामी गएका एक युवक सेती नदीमा बेपत्ता


डडेल्धुरा । सेती नदीमा एक युवक वेपत्ता भएका छन् । डडेल्धुरा–डोटीको सिमाना नदी सेतीमा मलामी गएका युवक नुहाउने क्रममा बेपत्ता भएका हुन् । डडेल्धुराको अमरगढी नगरपालिका–६ का अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । उनको खोजी कार्य भईरहेको छ ।

बुधबार मलामी गएका उनी संगै नदीमा नुहाउने क्रममा अर्का युवक विनोद ताम्राकार पनि नदीमा बगेका थिए । नुहाउने क्रममा बगेका विनोद सकुशल फेला परेका छन । उनी बगेको स्थानबाट केही तल फेला परेका हुन । डोटीको शिखर नगरपालिका–१० बानडुङ्ग्रीशैन स्थीत शिखर पोलिक्लिनिकमा उपचार भइरहेका उनको उपचार भईरहेको प्रहरी जनाएको छ ।

मलामी गएका उनीहरू दुवैजना डोटीको शिखर नगरपालिका गहनान स्थित सेती नदीको शव जलाउने ठाउँबाट नुहाउने क्रममा बगेको प्रहरीले जनाकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 415 times, 1 visits today)

epaper

ताजा समाचार

चेपाङ संस्कृतिको संरक्षण र प्रवर्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा