जापानका पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार

टाेकियाे। जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । एएफपीले स्थानीय मिडियालाई उद्धृत गर्दै पूर्व प्रधानमन्त्री आबेको छातीमा गोली प्रहार भएको उल्लेख गरेको छ । नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको थियो । गोली प्रहारमा संलग्न रहेका एक जनालाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै जापान टाइम्सले लेखेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दसैं टिकटमा सधैं सास्ती

कुरी-कुरी