अब वैवाहिक अङ्गीकृत नागरिकता पाउन ७ वर्ष कुर्नु नपर्ने

काठमाडौं । सरकारले नागरिकता ऐन माथिको नयाँ संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। शुक्रबार दिउँसो प्रतिनिधि सभाबाट २०७५ सालमा संसदमा पेस भएको नागरिकतासम्बन्धी ऐन माथिको संशोधन विधेयक फिर्ता लिएको सरकारले राती नयाँ विधेयक संसद सचिवालयमा दर्ता गराएको हो।

संसद सचिवालयमा दर्ता गराइएको नागरिकतासम्बन्धी ऐनको संशोधन विधेयक २०७९ ले नेपाली नागरिकसँग विवाहलगत्तै विदेशी महिलाले नागरिकता पाउने व्यवस्था माथि संशोधन नगर्ने भएको छ। २०७५ सालमा ल्याइएको विधेयकमा विवाहपछि नेपाली नागरिकता प्राप्त गरेको ६ महिनामा विदेशी नागरिकता त्यागेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था थियो। सरकारले अहिले ल्याएको संशोधनमा २०७५ को व्यवस्था हटाइएको छ। नागरिकता ऐनको दफा ५ को व्यवस्थामा संशोधनको प्रस्ताव गरिएको छैन।

नागरिकता ऐन २०६३ मा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले अङ्गीकृत नागरिकता प्राप्त गर्न विदेशमा प्राप्त गरेको नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गर्नुपर्ने व्यवस्था छ। संसदमा पेस भएको विधेयक हुबहु पास भए अङ्गीकृत नागरिकता प्राप्तिमा समय सीमा हुनेछैन।

प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न विवाहपछि नेपालमा लगातार ७ वर्ष बसोबास गरेको हुनुपर्ने व्यवस्था गर्दै संसदमा विधेयक संशोधन गरेर पठाएको थियो। सरकारले नयाँ विधेयकमा संविधान जारी हुँदाका बखत २०७२ असोज ३ गतेसम्म जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्ने व्यवस्था गरेको छ। संविधानअनुसार नै यो व्यवस्था २०७५ सालमा पेस भएको संशोधन, राज्य व्यवस्था समितिको प्रतिवेदन, केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेशमा समेत परेको थियो।

बाबु र आमाले जन्मको आधारमा नागरिकता प्राप्त गरेको भए पनि छोराछोरीले नागरिकता नपाउँदा उनीहरू सडकमा उत्रिएर विरोधका लागि बाध्य भएका थिए। नागरिकता विहीनहरूले कानुनको अभावमा नागरिकता नपाएको भन्दै माइतीघरमा आन्दोलन समेत गरेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 480 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीमा गठबन्धनका हेमकर्ण पौडेल विजयी