Thursday, August 5, 2021
HomeBreaking Newsकोरोना संक्रमण प्रभाव : सेना र प्रहरीको सुडान मिसन रोक्का

कोरोना संक्रमण प्रभाव : सेना र प्रहरीको सुडान मिसन रोक्का

७ सय सैनिक र १७ प्रहरी जान पाएनन्

,
sharethis

काठमाडौं । विश्वभर कोरोना संक्रमण फैलिँदै गएपछि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त राष्ट्र संघअन्तर्गतको सुडान मिसन तत्कालका लागि स्थगित भएको छ । संयुक्त राष्ट्र संघअन्तर्गतको मिसनमा साउथ सुडान जान लागेका १७ जना प्रहरी र नेपाली सेनाका ७ सय सैनिककोे मिसन यात्रा कोरोना संक्रमणका कारण तत्कालका लागि रोकिएको हो ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले साउथ सुडान जान तयारी अवस्थामा रहेका १७ जना प्रहरीको मिसन यात्रा तत्कालका लागि स्थगित भएको बताए । उनका अनुसार संयुक्त राष्ट्रसंघको हेडक्वाटरबाट तत्कालका लागि नपठाउनु भन्ने पत्र आएपछि मिसन यात्रा रोक्का भएको हो ।  ‘कोरोनाको कारण तत्कालका लागि मिसन नपठाउनु भन्ने पत्र यूएन हेडक्वाटरबाट आयो, त्यसपछि तत्कालका लागि साउथ सुडान जाने तयारीमा रहेकाहरू रोकिएका छन्,’ प्रहरी प्रवक्ता क्षेत्रीले राजधानीसँग भने ।

नेपाल प्रहरीले सयुक्त राष्ट्र संघको मिसनमा सुडान, कंगो, डार्फरलगायतका मुलुकमा आफ्ना जवान तथा अधिकृत पठाउँदै आएको छ । यस्तै, तालिमका लागि इटाली, भियतनाम, इन्डोनेसियालगायतका मुलुकमा प्रहरी जाँदै आएका छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सुडान जान लागेका ७ सय सैनिकको यात्रा तत्कालका लागि रोकिएको छ । राष्ट्रसंघ मुख्यालयले पत्र नै पठाएर तत्कालका लागि सुडानमा खटिने शान्ति मिसन स्थगित गर्न भनेको निर्देशनालयले जनाएको छ । तर, पत्रमा किन स्थगित भन्ने बारे कारण खुलाइएको छैन । निर्देशनालयका प्रमुखसमेत रहेका नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले राष्ट्रसंघ मुख्यालयले पत्र नै पठाएर तत्कालका लागि मिसनमा पठाइनेहरूलाई रोक्न आग्रह गरेको जानकारी दिए ।

‘राष्ट्रसंघ मुख्यालयबाट तत्कालका लागि टेम्पोररी हल्ट भनिएको पत्र आयो, हामीले रिक्वेस्टअनुसार हल्ट गरेका छौं,’ सैनिक प्रवक्ता पाण्डेले भने । शान्ति मिसनका लागि सेनाको टोली गत २५ फागुनमा त्यसतर्फ जाने कार्यक्रम थियो । अब रोकिएका कहिले जाने भन्ने बारे भने अहिले नै यकिन भइसकेको छैन । राष्ट्रसंघ मुख्यालयले नेपालसहित भारत, चीन, दक्षिण कोरिया, कम्बोडियालगायतका मुलुकलाई शान्ति मिसन तत्कालका लागि स्थगित गरिएको पत्र पठाएको हो ।

संयुक्त राष्ट्र संघको आह्वानमा विश्व शान्ति स्थापना कार्यका लागि फौज पठाउने विश्वका १२२ देशमध्ये नेपाल चौथो मुलुकमा पर्छ । शान्ति स्थापना कार्यको लागि नेपाली सेना विभिन्न १२ वटा द्वन्द्वग्रस्त मुलुकमा तैनाथ छन् । शान्ति स्थापनार्थ नेपाली सेनाबाट ५ हजार ९६ जना शान्ति सैनिक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ५ सय ६२ जना फौज विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिएका छन् ।

(Visited 250 times, 1 visits today)

आजको समाचार

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

बँदेललाई पासाे थापेकाे करेन्ट लागेर दाजुभाइको मृत्यु

बैतडी । जङ्गली बँदेलका लागि पासाे थापेकाे ठाउँमा करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय...

साताका लोकप्रिय समाचार

सहकारी बैंकको चेक क्लीयरिङ्ग नहुने नियम खारेज गर्छु : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सकारी बैंकका चेक क्लीयरिङ्ग नहुने समस्या अन्त्य हुने घोषणा गरेका छन् । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

नेवापस र केयूबीच समझदारी

नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालय (केयू)बीच सात बु‘दे समझदारी भएको छ । केयू उपकुलपति प्रा.डा. भोला थापाको उपस्थितिमा शुक्रबार सम्पन्न समझदारीमा...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

हरिनास गाँउपालिकाका अध्यक्षबिरुद्ध अख्तियारमा उजुरी

स्याङ्जा । स्थानीयतहको निर्वाचन भएको ४ बर्ष पुरा भएर ५ बर्षमा लाग्दै छ । मुलुकको संघियता अनुसार निमार्ण भएका स्थानीयतहको निर्वाचन पछि सबै भन्दा...

ट्रेन्डिङ

उज्वल भविष्यका लागि अब्बल शिक्षा

एरिस्टोटलले व्यक्ति, समाज र राष्ट्रको आर्थिक समृद्घिको आधार शिक्षा हो भन्ने धारणा राखेको पाइन्छ । त्यसो त शिक्षाको काम आर्थिक समृद्धि मात्र होइन ।...

कोरोनाको दुष्चक्र, निजी क्षेत्र र राहतको खाँचो

कोरोना कहरले मुलुकको अर्थतन्त्रलाई नराम्ररी गाँजेको छ । कोभिड–१९ को संक्रमण फैलिन नदिन जारी गरिएको लकडाउनका कारण सबै आर्थिक क्रियाकलाप अवरुद्ध भएका छन् ।...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)