विवाहमा हुने फजुल खर्च कटाएर विपन्न्न विद्याथीलाई आर्थिक सहयोग गर्ने


अर्घाखाँची । विवाहको भोजभतेरमा हुने फजुल खर्च हुने रकमबाट अर्घाखाँचीका एक दम्पतीले विपन्न परिवारका विद्यार्थीलाई १ लाख बराबरको आर्थिक तथा शैक्षिक सामग्री सहयोग गर्ने भएका छन् ।

जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ११ का गणेश बेल्बासे र शितगंगा १० की सुमित्रा भण्डारीले जिल्ला अदालत अर्घाखाँचीमा (कोट म्यारिज)को दर्ता पछि पत्रकार सम्मेलन मार्फत सोहि रकम घोषणा गरेका हुन् ।

दुबै जना शिक्षण पेसामा गर्ने भएकाले दुर्गम भनेर चिन्ने शितगंगा १० सिद्वारामा रहेको जनजागृती माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्यान गर्ने विपन्न परिवारका विधार्थीहरुलाई ५० हजार शुल्क बुझाइदिने र अन्य नगरभित्र रहेका विपन्न परिवारका बालबालिका ५० हजारको शैक्षिक सामग्री वितरण गर्ने गणेश बेल्बासेले बताए । भोजभतेर गर्नुभन्दा समाजमा केही उदाहरणीय काम गर्ने प्रेरणाका साथ सोहि रकमको घोषणा गरिएको सुमित्रा भण्डारीले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 353 times, 1 visits today)

epaper

ताजा समाचार

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान