बलात्कार आरोपमा सशस्त्रका जवानसहित ४ जना पक्राउ

कञ्चनपुर । बलत्कार आरोपमा कञ्चनपुरको पुनर्वासमा सशस्त्र जवानसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुनर्वास नगरपालिका वार्ड नं. ९ का २४ बर्षिय शुशिल बिष्ट, सोहि ठाउँ बस्ने १९ बर्षिय लक्ष्मण सुनार र पृथ्वी भाट क्षेत्री र बिओपी बिचफाँटामा कार्यरत सशस्त्र प्रहरीका जवान २२ बर्षिय यम प्रसाद जैशीलाई प्रहरीले पक्राउ गरेको छ ।

बलत्कार घटना अषाढ २३ गते राती भएको हो । सुशिल बिष्टले छिमेकी गाउँकी २० बर्षिया महिलालाई बिवाह गर्ने प्रलोभन देखाएर उखुबारीमा लगेको र सुशिलका अन्य साथीहरु पनि आएर सामुहिक बलत्कार गरेको पिडित महिलालाई उद्धृत गर्दै प्रहरी प्रबक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।

सुशिल बिष्ट र पिडित महिलाको पहिलेदेखि प्रेम सम्बन्ध रहेको प्रहरीले जनाएको छ । आरोपितहरुलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 359 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनलाई हराउँदै धनगढीको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल