Saturday, December 5, 2020
Home प्रदेश प्रदेश ५ स्वास्थ्य जाँचविना नेपाल–भारत प्रवेश गर्न नपाइने

स्वास्थ्य जाँचविना नेपाल–भारत प्रवेश गर्न नपाइने

बाँके । विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेशमा रोक लगाइने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि नेपाल र भारतका अधिकारीबीच भएको छलफलपछि जाँचबिना सीमामा ओहोरदोहोर गर्न रोक लगाइने भएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भन्दै नेपाल–भारत दुवै देशका अधिकारीले सीमाक्षेत्रमा सुरक्षा र स्वास्थ्य जाँचलाई अझ कडा बनाइने निष्कर्ष निकालेका छन् ।

सीमावर्ती भारतीय नाका रुपैडिहाको अवलोकन गर्न आएका भारत उत्तरप्रदेशको बहराइच जिल्लाका डीएम शम्भुकुमार र एसपी विपिनकुमार मङ्गलबार मध्याह्न एक्कासी नेपालगञ्ज आएका थिए । उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीलगायतका नेपाली अधिकारीसँगको भेटपछि स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेशमा रोक लगाइने निष्कर्ष निकालिएको हो ।

हालसम्म भारतमा कोरोना भाइरसका कारण तीन जनाको मृत्यु भइसकेको छ । नेपालगञ्जदेखि १९० किमी टाढा लखनऊमा समेत कोरोनाको सङ्क्रमण देखिएपछि नेपालगञ्ज नाकालाई जोखिमपूर्ण मानिएको छ । यो निष्कर्षसँगै अब नेपालगञ्जदेखि दैनिक उपभोग्य सामान खरिद तथा अन्य कामका लागि भारतीय बजार रुपैडिहा जाने र भारतबाट नेपालतर्फ आउने नागरिकको स्वास्थ्य जाँच अनिवार्य गरिनेछ ।

स्वास्थ्य जाँचबिना उनीहरुलाई नेपाल–भारत प्रवेशमा पूर्णरुपमा रोक लगाइनेछ । नेपालबाट जानेलाई भारतमा र भारतबाट आउनेलाई नेपालमा अनिवार्य स्वास्थ्य जाँच गरिनेछ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि दुवै देशबीच गहन छलफल भएको भन्दै प्रहरी उपरीक्षक ओलीले भने, ‘यसअघि नेपालतर्फ राखिएको हेल्प डेस्कभन्दा पर दशगजा नजिकबाटै नेपाल प्रवेश गर्ने जो–कोहीको लाइन लगाएर स्वास्थ्य जाँच गरिनेछ ।’

यो पनि पढ्नुहोस   ‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

दुवै देशबीच भएको अनौपचारिक छलफलमा भारतबाट नेपाल आउनेलाई नेपालले र नेपालबाट भारत जानेलाई भारतले एक–एक गरेर कडाइका साथ स्वास्थ्य जाँच गरिनेछ । ‘यस विषयमा दुई देशबीच प्रभावकारी समन्वय गरी अघि बढ्ने सहमति भएको छ’, प्रहरी उपरीक्षक ओलीले भने । प्रजिअ खड्काले स्वास्थ्य जाँचमा कोही नछुटुन्, सबैको अनिवार्य लाइन लगाएर स्वास्थ्य जाँच गर्न भन्दै जमुनाहामा निर्देशन दिइएको बताए। उनले भारतीय अधिकारीले नाकामा अनावश्यक भीडभाड कम गराउन सुझाव दिएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा अत्यावश्यक कामबाहेक अनावश्यक भीडभाड कम गर्न नागरिकलाई आग्रह गरेको बताए ।

बहराइचका डीएम शम्भुकुमारले नेपाल–भारत सीमा बन्द नहुने स्पष्ट पार्दै तेस्रो मुलुकबाट नेपाल जानेलाई बन्द गरिएको प्रष्ट पारे । त्यस्तै नेपाल–भारत मैत्रीपूर्ण बस बन्द गरिने भएको छ । योसँगै नेपालगञ्ज नाका भएर नेपालगञ्ज–दिल्ली, नेपालगञ्ज–हिमाञ्चल, दाङ–दिल्ली सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधन जान र आउन नपाउने भएका छन् ।

यसअघि नै सरोकारवाला निकायले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक भारत नजान आग्रह गरिसकेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि दुबै देशका सीमावर्ती अधिकारीले समन्वय र सहकार्यका अघि बढ्नेमा एकमत भएका छन् ।

(Visited 83 times, 1 visits today)
Loading comments...

आजको समाचार

चीनले गाड्याे चन्द्रमामा आफ्नो झण्डा

एजेन्सी । चीनले चन्द्रमामा आफ्नो झण्डा गाडेको छ । चीन चन्द्रमामा आफ्नो झण्डा फहराउने दोस्रो देश बनेको छ । यसअघि अमेरिकाले ५० वर्ष भन्दा...

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ । भारतमा शुक्रबार थप ३६ हजार...

नेकपा विवाद गम्भीर मोडमा, शीर्ष नेता आआफ्नै रणनीतिमा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गइरहेको बेला दुवै समूहका नेता सहमति गर्न छोडेर आआफ्नै रणनीतिमा अघि बढेपछि पार्टी गम्भीर संकटमा पुगेको...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

शुरु भो पर्वतीय उडान

काठमाडौँ । बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिकरुपमा खुलेको...

साताका लोकप्रिय समाचार

बीर अस्पताल अगाडीको ढलपोखरीले महानगरको इज्जत जाँदैन ? (फोटोफिचर)

काठमाडौं । नेपालकै जेठो अस्पताल बीर अस्पतालको मुख्य गेटवाहिर सडकमा पानीको आहाल (ढलपोखरी) जमेको एक महिना पुग्न लाग्यो । सडकमा फोहोरको पोखरी वनेको दृष्य सामान्य...

डोटीमा आज एकैसाथ ८ अस्पतालको शिलान्यास

सिलगढी । डोटी जिल्लामा आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिदैछ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा...

अघिल्लो दिन श्रीमति, भोलीपल्ट श्रीमानको निधन

इलाम । इलाममा २४ घण्टामा दुईजनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका ४ मा श्रीमान श्रीमतीको मृत्य भएको हो । गएको १५ गते श्रीमतिको मृत्यू...

उच्च समझका साथ अग्रगामी निकास निकाल

सत्तारूढ दल नेकपामा पछिल्लो चरणमा चलिरहेको विवादले सबैलाई चिन्तित बनाएको छ । पार्टीका अध्यक्षद्वयले राजनीतिक निकास निकाल्नुको सट्टा एकअर्कामा आरोप–प्रत्यारोप लगाई जवाफ र प्रतिजवाफको...

लैङ्गिक समानता र हिंसारहित समाजको निर्माण सम्भव छ

अहिले लैङ्गिक हिंसाविरुद्वको १६ दिने अभियान चलिरहेको छ । लैङ्गिक हिंसाविरुद्व काम गरिरहेका, लैङ्गिक समानता र न्यायका पक्षमा काम गरिरहेका, महिला अधिकारका क्षेत्रमा काम...

ट्रेन्डिङ

सिद्धार्थ ईन्स्योरेन्स र रोटरीबीच सम्झौता

काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्स र रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ बीच सहकार्य कार्यसम्वन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार रोटरीले सञ्चालन गरेको साक्षरता...

कोरोना कहरमा ‘पलाँती कान्छा’ को कोसेली यात्रा

वीरेन्द्रनगर । कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम (पलाँती कान्छा) सुर्खेत लाटी कोइलीको पलाँती बस्तीमा पुग्ने तयारी गरे । कोरोनाको कहरमा पलाँताका अनुहारहरु...

ग्राहक बनेर मन्त्री नुन किन्न खोज्दा…

कास्की । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तुको अभाव नरहेको र अभाव सिर्जना गर्न खोज्ने माथि कडा कारवाही गर्ने जानकारी दिएका...

७७ वटै जिल्लाभित्र चल्ने पास खारेज

काठमाडौं । सरकारले देशका ७७ वटै जिल्लाबाट जारी भएका जिल्लाभित्र सवारी आवतजावतका लागि अनुमति प्राप्त पास खारेज गरेको छ । गृह मन्त्रालयले बिहीबार ७७...

आइसोलेसनको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण

रौतहट । समाजिक क्षेत्रमा काम गदै आइरहेको छाया नेपालले रौतहट बिपत ब्यबस्थापन समितिले संचालन गरेको कोरोना आइसोलेसन सेन्टरको लागी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ...

क्यान इन्फोटेक फागुनमा

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले २ देखि ७ फागुनसम्म काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक २०२० आयोजना गर्ने भएको छ ।
यो पनि पढ्नुहोस   ‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

कोरोना भाइरसविरुद्ध सार्क भिडियो कन्फरेन्स आज साँझ

काठमाडौँ । कोभिड–१ (कोरोना भाइरस) को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष/प्रधानमन्त्रीबीच आज साँझ भिडियो कन्फरेन्स हुँदै छ...

मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको शशस्त्र प्रहरी अस्पतालले जनाएको छ । अस्पतालका प्रवक्ता डा. प्रवीण नेपालले कोरोनाका कारण गम्भीर बिरामी...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

भर्खरै

जनप्रतिनिधिको काममा नेकपाको ‘क्रस चेक’

धनकुटा । पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको काममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले चासो देखाउँन थालेको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको...

ओली र प्रचण्डको प्रस्ताव स्थायी कमिटीमा लगिने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ ।...

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

कोभिड–१९ विरुद्धको खोप ल्याइने

काठमाडौँ । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २०...

धेरै पढिएका

आठ महिनापछि सप्तरीमा खेलकुद गतिबिधी सुरु, खेलाडी उत्साहित

सप्तरी, राजविराज । कोरोना महामारीका कारण लामो समयदेखी ठप्प रहेको खेलकुद गतिबिधि ८ महिनापछि संचालनमा आएको छ । चैत महिनादेखी कोरोना भाइरसको संक्रमणका कारण रोकिएको...

चार वर्षिय बालिका बलात्कार गर्ने किशोरलाई १२ वर्ष जेल

उदयपुर ।  जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ...

१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३...

कोरोना भाइरस बिरुद्धको खोप प्रयोग गर्न अनुमति

लण्डन । फाइजर बायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिइने भएको छ । ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)