एकल गायनमा दर्शकको मन जिते विकासले

काठमाडौं । गायनमा छुट्टै परिचय बनाएका हवाई व्यवसायी विकास जंगबहादुर राणाले काठमाडौंमा आफ्ना एकल गीत प्रस्तुत गरेर संगीतप्रेमीको मन जितेका छन् । आफ्ना नयाँ गीत, तथा युट्युल च्यानलसमेत सार्वजनिक गर्न आयोजित सांगीतिक समारोह ‘विकास राणाको गीत यात्रा’ मा उनले आफ्ना गीत प्रस्तुत गरेका हुन् ।

समारोहमा गायक विकास राणाले आफ्ना नयाँ र पुराना गरेर आधा दर्जन गीत क्रमशः सुनाए । कार्यक्रमका अतिथि स्रष्टा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, पूर्वप्रधान सेनापति गौरव शमशेर जबरा, व्यवसायी उपेन्द्र महतो, गीतकार शंकर कोइराला, डा. भगवान् कोइराला, व्यवसायी जीवा लामिछानेलगायत आपूmले लेखेका गीतलाई विकासले गाउँदा मन्त्रमुग्ध भए ।

विकासका ११ वटा गीतको म्युजिक भिडियो पनि कार्यक्रममा सार्वजनिक गरियो । सो समारोहमा गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसियल’को सुष्मा राणाले उद्घाटन गरिन् । यो च्यानलमा राणाद्वारा गाइएका गीतसंगीत राखिएको कार्यक्रममा जानकारी गराइयो । आगामी दिनमा व्यवसायसँगै गायन यात्रालाई पनि अझ सक्रियताका साथ निरन्तता दिने कार्यक्रममा गायक विकास राणाले बताए । कार्यक्रमका अतिथिले गायक राणाको गायन यात्राको चर्चा गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 340 times, 1 visits today)

epaper

ताजा समाचार

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश