२० वर्षीया युवती ओछ्यानमै मृत भेटिइन्

दार्चुला । महाकाली नगरपालिका–३ मानाकोटमा एक युवती मृत फेला परेकी छन् । मानाकोटकी २० वर्षीया रोशनी महरा सोमबार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार टाउको दुख्यो भनेर सुतेकी महरालाई परिवारले मृत अवस्थामा फेला पारेका थिए । विवाहित महरा माइती घरमा सुतिरहेको अवस्थामा मृत भेटिएको प्रहरीको भनाइ छ । घटना’bout अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 313 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीपछि प्रहरीले सञ्चालनमा ल्याएको ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन के हो ? उच्च प्राथमिकतामा यी विषय