७५ हजार डलर पुरस्कारको गायन र नृत्य प्रतियोगिता

काठमाडौं । अहिलेसम्मकै ठुलो राशी पुरस्कार भएको गायन र नृत्य प्रतियोगिता ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’ घोषणा गरिएको छ ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले यो प्रतियोगिताको सोमबार बेलुका काठमाडौंमा एक समारोहबीच घोषणा गरेको छ । इन्ट्रा फाउन्डेशनले अहिले ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए’ गरिरहेको छ ।

यो दुबै प्रतियोगीको बिजेताले जनही ७५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने आयोजक संस्था फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले बताए । उनका अनुसार यो प्रतियोगितामा नृत्य र गायन दुबै विधाका फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउनेछन् । नेपाली गायन र नृत्य सम्बन्धि यो सबैभन्दा ठुलो राशी पुरस्कारको प्रतियोगिता भएको उनले दाबी गरे ।

विश्वभर छरिएर रहेका नेपाली भाषीहरुले यो प्रतियोगितामा भाग लिन पाउने उनले बताए । यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर फर्म भर्न सक्ने उनले बताए,‘अगष्ट महिनादेखि सुरु हुने अडिसन डिसेम्बर ३१, २०२२ सम्म जारी रहने छ ।’ जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिने उनले बताए । फ्रेबुअरी २८ तारिखसम्म फिल अडिसन सकेर साइटलेस अडिसनका लागि छनोट भएका प्रतिस्पर्धीलाई नेपालमा ल्याउने इन्ट्रा फाउन्डेशनका अध्यक्ष अधिकारीले बताए ।

यी दुबै कार्यक्रम घोषणा समारोहमा सोमबार कलाकार निर शाह, नायक भूवन केसी, कलाकार निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला, नायिका प्रियंका कार्की, सुशिल नेपाल, लक्ष्मण पौडेल, कुमार कार्की, दुर्गा प्रसाद पाण्डे, ज्ञानेन्द्र राज देवकोटा र माधव खरेललाई सम्मानित गरियो ।

कार्यक्रममा कलाकार किरण केसीले गीत गाएर सुनाएका थिए । यस्तै, गायक पुष्पन प्रधान, शिव परियारले पनि गीत गाएर कार्यक्रममा मनोरञ्जन प्रदान गरे ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

epaper

ताजा समाचार

फरुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ