बसले मोटरसाईकललाई ठक्कर दिदा दाइको मृत्यु, बहिनी घाइते


तुलसीपुर । कपिलवस्तुको गोरुसिङेमा बसले मोटरसाईकललाई ठक्कर दिदा दाईको मृत्यु भएको छ भने बहिनी घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निबासी ३० बर्षका सुशील केसी रहेको ईलाका प्रहरी कार्यालय गोरुसिङेका इन्चार्ज प्रहरी निरीक्षक सशी शर्माले जानकारी दिए । घटनामा परेर गम्भिर घाइते भएका सुशीलको उपचारको क्रममा तौलिया अस्पतालमा मृत्यु भएको हो । मोटरसाईकलमा पछाडी सवार मृतको बहिनी मकुश्मा केसीको बुटवलमा उपचार भइरहेको छ ।

बुटवलबाट बिहान साढे ६ बजे बर्दियाको राजापुरका लागि छुटेको ना ५ ख ९३५० नम्बरको यात्रुबाहक बसले वुद्धभूमि नगरपालिका–९ चम्पापुरमा रा७प ३५९४ नम्बरको मोटरसाईकलाई बिहान साढे आठ बजे ठक्कर दिएको प्रहरीले बताएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुशील र कुश्मा दाङको तुलसीपुरबाट मोटरसाईकलमा काठमाण्डौ जाँदै थिए ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी