८५ बर्षीय वडाअध्यक्ष पाण्डेय : जसले गाउँमा विकासको सुरुवात गरेका थिए


बैतडी । दार्चुलाको शैल्यसिखर नगरपालिका वडा न. ९ जिल्लाकै दोश्रो ठुलो सहर गोकुलेश्वर बजारको वडा हो । यस वडाका नव निर्वाचित वडाअध्यक्ष प्रजापती पाण्डेय अहिले ८४ बर्ष ११ महिनाका भए ।

वडाअध्यक्ष पाण्डेयले नेपाली कांग्रेसको किल्ला भत्काउदैँ नेकपा एमालेबाट चुनाव जितेका थिए । गोकुलेश्वरमा यसअघि २०७४को चुनावमा भने कांग्रेसको धनीदत्त बिष्टले विजय हासिल गरेका थिए ।

पाण्डेय २०५४सालको निर्वाचनबाट समेत तत्कालिन गाबिसको वडाअध्यक्षमा निर्वाचित भएका व्यक्ति हुन् । उतिबेला उनले विद्यालयका भवन संरचना, गाविस भवन, सिचाई पोखरी आदि निर्माण गरे । ‘अहिलेको भन्दा त उतिबेला नै काम गर्न सहज थियो । उतिवेला नियम कानुनको पुर्ण पालना हुन्थ्यो । अहिलेको जस्तो बजेट हिनामिना गर्ने ज्यादती थिएन् ।’ उनले भने ‘अहिले सबै मान्छे छाडा भएका छन् । नियम एउटा बनाउछन् प्रवृत्ति अर्कै हुन्छ ।’ उतिबेला वडामा वार्षिक ५० हजार रकम मात्रै आउथ्यो भन्दै उनले अहिले त बजेट धेरै भए पनि निमुखाका लागि काम गर्ने प्रवृत्ति घटदै गएको बताए ।

अध्यक्ष पाण्डेय २०३६ सालदेखी राजनितिमा लागेका हुन् । त्यसअघि २०१७ सालमा उनले अहिले डिग्री सम्मको पढाई हुने स्कुलको स्थापना गरेको थिए । भारतको पिथौरागडमा कक्षा १० सम्मको अध्ययन गरेका पाण्डेय मोटर बाटो नभएकाले हिडेर भारत जान्थे र हिडेरैँ घर फर्किन्थे उबेला । पिथौरागढमा पढेका पाण्डेय शिक्षण गर्न गाउँ फर्किएका थिए । उनले गोकुलेश्वरमा स्कूल खोलेर आफै हेडमास्टर पनि बने । पाण्डेयको नेतृत्वमा गाउँघरमा बाटो, कुवा, धारा, विद्यालय, मन्दिरलगायतका भौतिक संरचनाहरु निर्माण भएका थिए ।

अहिले वडाअध्यक्षमा चुनाव जितेपछि उनि निकै खुशी छन् । पाण्डेयले भने, ‘जनताले जिताएका कारण अध्यक्ष पदमा पुगेको हुँ । इमान्दारीताका साथ काम गर्नेछु र अरु जनप्रतिनिधिहरुलाई पनि निति नियमको पालना गर्दै जनताप्रति बफादार रहेर काम गर्न आग्रह गर्छु ।’ उनले भने ‘देशमा नियम कानुनको पालना नभएकै कारण देश बिग्रीएको हो अब सुधार गर्ने जिम्मा नयाँ राजनितिकर्मीहरुको हो ।’ विभिन्न पदमा निर्वाचित व्यक्तिहरुलाई आर्थिक अनियमितता नगर्न पाण्डेयको सुझाव छ । ८५बर्षको उमेरमा समेत सारीरिक रुपले स्वस्थ रहेका पाण्डेय जिवनकालमा आफु कहिल्यै बिरामी नपरेको सुनाउछन् ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’

कुरी-कुरी