कोरोनाको ५६८ जना नयाँ संक्रमित थपिए, एकको मृत्यु

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ५६८ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना भाइरस संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४ जनाको पीसीआर र १ हजार ७१६ जनाको एन्टीजेन विधि गरी कुल ४ हजार ८ सयको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो ।

बितेको चौबिस घण्टामा ९५ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ५३४ रहेको छ । 

तपाइको प्रतिक्रिया
(Visited 310 times, 1 visits today)

epaper

ताजा समाचार

चुमनुब्रीस्थित थेराङखोलाको बाढी : चार घर र पुलमा क्षति