ह्याचरी व्यवसायीलाई फाइदा दिँदै ‘सोय फिड’

काठमाडौं । यूएस सोयाबिन एक्सपोर्ट काउन्सिलले ह्याचरी व्यवसायी एवं कुखुरापालक कृषकका लागि उपयोगी सोयाबिन प्रोटिनयुक्त दाना कारोबारको नयाँ लोगो सार्वजनिक गरेको छ ।

बुधबार काठमाडांैमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा काउन्सिलले सोयाबिनयुक्त कुखुराको दाना ‘सोय फिड’ नामक नयाँ लोगो सार्वजनिक गरेको हो । काठमाडौंमा सञ्चालित सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, श्रीलंका, बंगलादेशलगायत दक्षिण एसियाली मुलुक, अफ्रिकी, युरोपियन र अमेरिकाका करिब १ सय ५० जना प्रतिनिधि सहभागी भएका थिए ।

सो सम्मेलनमा ह्याचरी व्यवसायी, दाना उत्पादक र सम्बन्धित क्षेत्रका विज्ञको सहभागीता रहेको थियो । सम्मेलनमा अमेरिकी सोयाबिन दाना कारोबारमा संलग्न संस्था यूएस सोयाबिन एक्सपोर्ट काउन्सिलले विभिन्न ८० वटा देशसँग सहकार्य गरी नेपाली बजारमा ल्याएको यो ‘सोयाबिनयुक्त कुखुराको दाना ‘सोय फिड’ एकदमै उत्कृष्ट र राम्रो पोषणयुक्त दाना भएको बताएको छ ।

यो सोयाबिन पोषणयुक्त दाना उपयोग गर्दा कुखुराको स्वास्थ्य निकै राम्रो हुने, कुखुराको तौल छिटो बढ्ने,चल्ला पनि छिटो हुर्किने र कुखुराको मासुसमेत निकै गुणस्तरीय हुने यूएस सोयाबिन एक्सपोर्ट काउन्सिलले दाबी गरेको छ । यसैगरी, यूएस सोयाबिन एक्सपोर्ट काउन्सिलले यस्तो दाना खुवाएर पालेको कुखुराको मासु खाँदा पनि निकै स्वादिलो र मानव स्वास्थ्यका लागि राम्रो हुने भनेर यहाँका ह्याचरी व्यवसायी तथा कुखुरापालक कृषकलाई यो नयाँ लोगो भएको दाना नै प्रयोग गर्न सुझाएको छ । बुधबारदेखि काठमाडांैमा सुरु भएको दुईदिने सम्मेलन बिहीबार सम्पन्न हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 379 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवा, पौडेल र नेपालको जिल्लामै भएन तालमेल